शिवप्रसाद आचार्य
फत्तेपुर, २३ असोज ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ गङ्गाजलीमा पाँच दिवसीय योग शिविर सुरु भएको छ। पतन्जली सप्तकोसी नगर योग समिती तथा पतन्जली दिब्य डाकनी योग मन्दिर गङ्गाजलीद्वारा संयुक्त रुपमा आयोजित शिविरको प्रदेशसभा सदस्य एवम् पुर्व मन्त्री राज कुमार लेखीले सोमबार एक समारोहका विच उद्वघाटन गरेका हुन् ।

योग शिबिरको उद्घाटन गर्दै सप्तरी निर्वाचन नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य लेखीले योगको माध्यमबाट स्वास्थ समाजको निर्माण गर्न सकिने बताए। बिग्रदो खानपानले परम्परागत खानपान हराउँदै गएको बताउँदै कार्यक्रमका प्रमुख अथिती लेखीले अन्नवालीमा अखाद्य बस्तुको प्रयोगले अहिले शुद्ध खाना खान नपाइने भन्दै अर्गानिक उत्पादनतर्फ जोड दिए ।
सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालले योगको माध्यमबाट समृद्ध ,सु स्वास्थ र नैतिकवान नगर बनाउन सकिने विश्वास व्यक्त गरे । प्रमुख प्रशिक्षक पुज्या साध्वी देब अदितीले मनुष्य प्रकृति प्रेमी भएकाले प्राकृतिक जडिबुटीको प्रयोग गरि निरोगी बन्न सकिने कुरामा जोड दिइन् ।
कार्यक्रममा योग समितीका मधेश प्रदेश प्रभारी हरिहर चौधरी ,कोशी प्रदेश प्रभारी मिस्टर चौधरी ,अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी ,सप्तकोशी नगरपालिकाका निबर्तमान मेयर उत्तम गौतम , त्रियुगा सहकारीका अध्यक्ष चन्द्र शेखर चौधरीलगायतकाले योग जिवनका बिषयमा चर्चा गरे ।
दिब्य डाकनी योग मन्दिरका अध्यक्ष गोसाइ चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन कमलकान्त चौधरीले गरेका थिए।उक्त योग शिविर असोज २६ गतेसम्म संचालन हुने आयोजक समितिले जनाएको छ ।