• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एमाले प्रदेश अधिबेशनमा सप्तरीबाट ८० जना प्रतिनिधि 

एमाले प्रदेश अधिबेशनमा सप्तरीबाट ८० जना प्रतिनिधि 
न्यूज टुडे
राजविराज, २२ असोज ।
नेकपा एमालेको असोज २४ र २५ गते हुने  मधेश प्रदेशको प्रथम  अधिवेशनको लागी सप्तरीबाट ८० जना प्रतिनिधिहरुले  सहभागिता जनाउने भएका छ्न।           अठार पालिकाबाट पार्टी प्रतिनिधि र विभिन्न जनसंगठनका गरि ८० जना प्रतिनिधिले अधिबेशनमा सहभागिता जनाउने भएका हुन् ।
अठार पालिका मध्येमा १७ वटा पालिकाबाट  प्रतिनिधि छनौट गरिसकेको तथा एक पालिकामा विवादका कारण छनौट हुन नसकेको नेकपा एमाले सप्तरीका सचीव देबनाथ यादवले जानकारी दिए।
 असोज २४ र २५ गते मधेश प्रदेशको राजधानी जनकपुरधाममा  हुने प्रथम  अधिवेशनमा सप्तरीबाट  ८० जना प्रतिनिधि चयन हुने उनले बताए ।
सचिब यादवका अनुसार सप्तकोशी नगरपालिकामा खुल्ला तर्फ उत्तम गाैतम, उचित नारायण चाैधरी महिलामा जीत कुमारी पाैडेल र युवामा सरीता चाैधरी सर्बसहमत चयन भएका छन् । यस्तै कन्चनरुप नगरपालिकाबाट  खुल्ला तर्फ वसन्त कुमार मिश्र र राज कुमार साह  निर्वाचनबाट र  महिलामा आसरादेवी चाैधरी, ईश्वरी पाेखरेल र युवामा जीवन श्रेष्ठ ( मनिष) चुनिएका छन् ।
शम्भुनाथमा खुल्ला तर्फ माेहम्मद अब्दुल साकिर, महिलामा सागर चाैधरी निर्वाचित भएका छन् भने रुपनी गाउँपालिकामा खुल्ला तर्फ मिठु माझी महिलामा लक्षण कुमारी यादव र युवामा दुर्गानन्द झा चुनिएका छन् ।
 यस्तै वाेदे वर्साइन नगरपालिकामा बिजय नारायण कापैर, धर्मेन्द्र यादव खुल्लामा निर्वाचित भएका छन् भने महिलामा गुडिया कुमारी र युवामा अनाेज यादव छन् ।
यस्तै सुरूङ्गा नगरपालिकामा खुल्ला तर्फ देव नारायण चाैधरी, महलामा सवनम खातुन र युवामा रजत कुमार चाैधरी  चयन भएका छन् ।   राजबिराज नगरपालिकामा  खुल्लामा बिश्वनाथ मण्डल, महिलामा सशिता कुमारी देव र युवामा रन्जन कुमार झा चयन भएका छ्न।
अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा प्रतिनिधि छनौटमा  आन्तरिक विवाद भएपछि प्रतिनिधि छनौट हुन नसकेको सचिव यादवले जानकारी दिए ।