• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कोशी प्रदेशमा छिटै गठबन्धनको सरकार हुन्छ :  राजेन्द्र श्रेष्ठ 

कोशी प्रदेशमा छिटै गठबन्धनको सरकार हुन्छ :  राजेन्द्र श्रेष्ठ 

न्यूज टुडे

राजविराज, २२ असोज ।
जनता समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष एवम् पुर्व सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले कोशी प्रदेशमा केन्द्रिय सात्ता गठबन्धनको नेतृत्वमा छिटै सरकार गठन हुने दाबी गरेका छन् । प्रेस मञ्च नेपाल सप्तरीद्वारा सप्तरीको राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक अध्यक्ष श्रेष्ठले कोशी प्रदेशमा मध्यवती चुनाव नहुने स्पष्ट पारे । उनले कोशी प्रदेशमा सत्ता गठबन्धनको बहुमत कायम रहेकोले छिटै गठबन्धनको सरकार गठन हुने जिकिर गरे ।
कोशी प्रदेश सरकारको अन्यौलता छिटै समाप्त हुन्छन्, उनले भने, गठबन्धनको साथमा सरकार गठनका लागि चाहिने ४७ मत सुरक्षीत छन्, सरकार गठनको गृहकार्य भइरहेको छ, छिटै कोशी प्रदेशमा सरकार गठन हुन्छ ।
उनले एमालेसहितका अन्य राजनीतिक पार्टी कोशी प्रदेशमा चुनावको पक्षमा नरहेको बताए । उनले मध्यवती चुनावमा गए क्षती हुन्छ भने कुरा बुझेकाले एमाले  समेत चुनावमा जाने पक्षमा नरेको उल्लेख गरे ।
कार्यबाहक अध्यक्ष श्रेष्ठले प्रदेश १ मा चुनाव गराउन भन्दा सहमतिको आधारमा सरकार बनाउनु उचित हुने धारणा राखे ।
देशको विभिन्न स्थानमा भएको धार्मिक तथा साँस्कृतिक सद्भाव विरुद्धको गतिविधिले कसैको हित नगर्ने बताउदै सत्ता गठबन्धनका उच्च स्तरीय संयन्त्रको सदस्य समेत रहेका श्रेष्ठले यस्ता समाजिक सद्भावमा खलल पुग्ने कार्यलाई रोकनुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी विभिन्न आन्दोनको राप र तापबाट स्थापना भएको शोषित, उत्पीडित जातिसमुदायको पार्टी भएको उल्लेख गर्दै कार्यबाहक अध्यक्ष श्रेष्ठले नवसम्वर्धन र पुर्नउत्थानवादीको कारण विभिन्न संघर्षबाट प्राप्त संविधानमा उल्लेख भएको हक अधिकार जनताले उपभोग गर्न अझै नपाएको बताए ।
उनले  रास्वपा, लोसपा,  जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टीसहितका नवसम्बर्धनवादी पार्टीले पुराना विचार तथा  सामन्तवाद स्थापित गर्न स्थापना भएकाले यी पार्टीहरुले राष्ट्रलाई निकास दिन नसक्ने दावी गरे ।
 राप्रपा , एमाले र काँग्रेस, माओवादी जस्ता पार्टी पुराना सामान्ती शासन व्यवस्था पुनर्स्थापना गर्ने पार्टी भएको आरोप लगाउदै कार्यबाहक अध्यक्ष श्रेष्ठले जनता समाजवादी पार्टी मात्र संघीयता सहितको शासन व्यवस्था  स्थापित गर्ने परिबर्तनकारी अग्रगामी शक्ति भएको दाबी गरे ।
प्रेस मञ्च सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरु । फोटो : न्यूज टुडे
प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा नेता एवम पुर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रबक्ता मनिष सुमन, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद एवम् केन्द्रिय कार्यकारिणी समिति सदस्य नवल किशोर साह, जसपा मधेश प्रदेश मुख्यसचिव दिनेश कुमार यादव, सचिब शैलेश कुमार साह, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतका नेताहरू समेत उपस्थिति रहेको थियो ।
 प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत कोषाध्यक्ष प्रबेश मिश्रा (बबुल)ले गरे ।