न्यूज टुडे
राजविराज, २१ असोज ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा नेकपा एमाले प्रदेश अधिबेशन प्रतिनिधि छनौटमा सकस भएको छ । विवाद बढेपछि केन्द्र तथा प्रदेश समितीले तोकेको समय सिमाभित्र प्रतिनिधि छनौट हुन नसकेको हो ।
केन्द्र तथा प्रदेश समितिको निर्देशन अनुसार असोज २० गते भित्र अधिबेशन प्रतिनिधि छ्नौट गरि सक्नुपर्नेमा विवाद उत्पन्न हुँदा प्रतिनिधि समयमा छनौट हुन नसकेको एक स्थानीय नेताले जानकारी दिए ।
खुला १ महिला १ र युवा १ गरि ३ जना अधिबेशन प्रतिनिधि छनौट गर्नुपर्नेमा महिला बाहेक दुईजना प्रतिनिधि छनौटमा सर्वसम्मत निर्णय हुन नसकेको उनले बताए ।
खुल्लामा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी र योगेन्द्र प्रसाद चौधरीले अकाँक्षा राखेपछि उम्मेदवार छ्नौटमा सकस भएको ती नेताको भनाई छ ।
यसैगरी युवामा संजय यादव (विकास ) र मो. आलमले अडान राखेपछि दुई पदका लागि निर्वाचनको तयारीसहित उम्मेदवारी दर्ता भएपनि चुनाव हुन नसकेको उनले जानकारी दिए ।
निर्वाचन तालिका अनुसार २० गते चुनाव गर्नुपर्नेमा निर्वाचन अधिकृत डा. कमानन्द देवले पुर्वग्राही रुपमा उम्मेदवारी दर्ताभन्दा अगाडि -पछाडि पारेर मतपत्र तयार गरेपछि विवाद उत्पन्न भएको एमाले गाउँकमिटीले जनाएको छ ।
निर्वाचन अधिकृत देवले आफुमाथि लगाएको आरोप निरधार रहेको बताए । उनले अल्फावेटको आधारमा मत पत्र छाप्दा असन्तुष्टि पैदा हुँदा विवाद सिर्जना भई चुनाव हुने स्थित नदेखिएकोले स्थगित गरेको बताए ।
नेकपा एमाले मधेश प्रदेश समितिको अधिबेशन असोज २४ र २५ गते जनकपुरमा हुदैछ । विवाद उत्पन्न भएपछि अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा प्रतिनिधित्वबाट बन्चित हुने अबस्था सिर्जना भएको छ ।