न्यूज टुडे
राजविराज, २० असोज ।
हिन्दु सम्राट सेना नेपाल सप्तरीका अध्यक्ष सुरेन्द्र दासमाथि शनिबार हातपात भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका ६ का रमेश सरदर, सिरिया सरदारलगायतका समूहले दासमाथि हातपात गरेको हो ।

सरदारद्वोय नेतृत्वको केही महिलाको समुहले हिन्दु सम्राट नेपालका अध्यक्ष दास, संजिव साह, भोला साह, विकास साह, अर्विन्द गिरि, विनोद यादवमाथि हातपात गरेको हिन्दु सम्राट सेना नेपाल सप्तरीले जनाएको छ । स्थानीय शिवशंकर मुखिया लगायतका व्यक्तिहरुले सरदार टोलमा हिन्दु धर्म परिवर्तन गराई इसाई बनाएको विषय बुझ्न जाँदा आफुहरुमाथि हातपात गरेको अध्यक्ष दासले बताए ।
शनिबार धर्म परिबर्तित सदस्यहरुले टोलमा जम्मा भई धार्मिक क्रियाकलाप गरिरहेको फोटो खिच्न खोज्दा हाम्रो कार्यक्रम विथोल्न आएको आरोप लगाउदै उनीहरुले आफुहरुलाई हातपात गरेको दासले जानकारी दिए ।