शिव नारायण साह (सुरज)
राजविराज, २० असोज ।
संस्थागत विकास र सुदृढीकरण लगायतका निर्णय गर्दै प्रेस युनियन नेपाल सप्तरीको बैठक शनिबार सम्पन्न भएको छ । प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्णको अध्यक्षता विभिन्न ५ बुँदे निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
प्रेस युनियनको सदस्यता विधिवत गर्न सदस्यता शुल्क लिई सदस्यता वितरण तथा नविकरण गर्ने, कार्य समितिको बैठक गर्न समिति सदस्यको लागी इन्धन खर्च बापतको बैठक भत्ता दिने, संस्थाको ५ लाखको अक्षय कोष खडा गरि खाता संचालन गर्ने लगायतका विभिन्न ५ बुँदे निर्णय सर्वसम्मतबाट भएको अध्यक्ष कर्णले जानकारी दिए।
नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा सम्पन्न बैठकमा युनियनको संस्थागत विकास र सुदृढीकरणका लागी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, युनियनका केन्द्रिय सदस्य मिथिलेश यादव, प्रदेश उपाध्यक्ष धिरेन्द्र प्रसाद साह, युनियनका वरिष्ठ सदस्य गणेशलाल देव, अर्जुन साह, मनोज माझी, निविय गुप्ताले आ–आप्mना विचार राखेको सचिब रमानन्द देवले जानकारी दिए ।