• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विरामी सन्चो नहुँदै डिस्चार्ज गर्न खोजेको आरोप

विरामी सन्चो नहुँदै डिस्चार्ज गर्न खोजेको आरोप

न्यूज टुडे
राजविराज, २४ भदौ ।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराई रहेकी एक विरामीलाई सन्चो नहुँदै डिस्चार्ज गर्न खोजेको उनका आफन्तजनले आरोप लगाएका छन् । छिमेकीहरुको कुटपिटबाट घाईते भई अस्पताल भर्ना भएकी सप्तरीको शम्भुनाथ नगरपालिका १२ कि रामरती सदालाई सन्चो नभई अस्पतालले डिस्चार्ज गर्न खोजेको उनका आफन्तले आरोप लगाएका हुन् ।
पिडकसंगको मिलोमतोमा अस्पतालले घटना दबाउने उद्देश्यले विरामी सन्चो नहुँदै डिस्चार्जको प्रयास गरेको कुरुवा बसेकी बुहारी देवकी देवि सदाले बताइन् ।

घटना भदौ ११ गतेको हो, माछा मार्न नदिएको निहुँमा आफुहरुसहित सासू आमामाथी छिमेकीबाटै साँघातिक आक्रमण भयो, उनले भनिन्, कुटपिटबाट सासू आमा मुर्छित परेर ढलिन, खर्च समस्याले ठूलो अस्पताल लान सकिएन,तत्कालै गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्यौ तर समस्या झनै गम्भीर भयो, हातखुट्टा चल्न छोडेपछि भदौ १५ गते राजविराज ल्याएर अस्पताल भर्ना गयौ ।
विरामीको अबस्थामा कुनै सुधार नहुँदै ६ दिन पछि भदौ २१ गते अस्पतालले डिस्चार्ज भयो भन्दै घर लैजान दवाव दिएको उनले बताइन् ।
भदौ १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गरि कुटपिटमा संलग्न भएकाहरुलाई कारबाही तथा विरामीको उपचार गर्न माग गरेतापनि सुनुवाइ नभएको उनले गुनासो गरिन ।

निवेदनमाथि सुनुवाइ नभएपछि भदौ २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीबाट घाँ जाँच केश फारम गराई पाउँभनि निवेदन दिई प्रक्रिया अगाडि बढाउँदा विरामी डिस्चार्ज भइसकेकोले घर लान भनी जबाफ पाएको बिरामीका अर्का बुहारी सुजानदेवी सदाले दुखेसो सुनाइन् ।
६६ बर्षिय एकल महिला रामरतीको अहिलेसम्म वाक्य खुलेको छैन भने एकपाटाको हात खुट्टाले काम गर्न छोडेको छ । छिमेकीको लाठी प्रहारबाट पिठ्युँ, हातखुट्टामा चोट लागेको उनको दुईहप्ता हुँदा समेत अबस्था सुधार नभएको पिडितका परिवारले बताएका छन् ।
दलित मुसहर समुदाय भएकै कारण अस्पतालले समेत आफुहरुमाथि उपचारमा भेदभाव गरेको रामरतीको परिवारका सदस्यहरुको गुनासो छ ।
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले आफू बाहिर रहेकोले घटना सम्बन्धमा सबै कुरा जानकारी नभएको बताए ।
अस्पताल प्रशासनले जानकारी गराए अनुसार सदाको अबस्थामा सुधार आएपछि डिस्चार्ज गर्न खोजिएकोसम्मको सूचना आफुले पाएको उनले बताए ।
पानीले घर कटान गर्ने जोखिम देखेपछि आफुहरुले पानी छेक्न माटोको आलि लगादै गर्दा माछा मार्न आएकाहरुले जोर जबर्जस्ती गरि आलि भत्काउदै लाठी, हातहतियारसहित आक्रमण गरेको पीडित परिवारको आरोप छ ।

स्थानीय ५५ बर्षिय उमा सदा, बर्ष २५ को शिवा सदा, बर्ष ६१ को रवि सदा, बर्ष ३५ को इन्दु सदा, बर्ष ५० को हरेराम सदा, बर्ष २५ को मिथिलेश सदा, बर्ष ४५ को गोरना सदा, बर्ष २६ को राम सागर सदाले निर्घात कुटपिट गरेको उनीहरुले आरोप लगाएका छन् ।
राजनीतिक संरक्षण पाएपछि घटनामा संलग्नहरुलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन नसकेको शम्भुनाथ नगरपालिका २ का मो. अमिरुल्ले जानकारी दिए ।