• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्युतीय समस्याले गजेन्द्रनारायण सिंह अस्पतालको सेवा प्रभावित

विद्युतीय समस्याले गजेन्द्रनारायण सिंह अस्पतालको सेवा प्रभावित

न्यूज टुडे
राजविराज, १७ भदौ ।
विद्युतीय समस्याले राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको अतिआबश्यक सेवा प्रभावित भएको छ ।

बिधुत प्राधिकरण तथा अस्पताल प्रशासनको चरम लापरबाही तथा अस्पतालमा बैकल्पिक व्यवस्था नहुदा अस्पतालका अतिआबश्यक सेवाहरु डेढघण्टा अबरुद्ध हुन पुगेको हो ।
सेवाग्राहीहरुको चाँप हुने समय आइतबार विहान ११ बजे देखि साढे १२ बजेसम्म विधुत कटेपछी अस्पतालबाट दिइने डायलसिस, एक्सरे, अक्सिजन प्लान्ट, ल्याव लगायतका सेवा प्रभावित भएका छ्न ।
लामो समय विधुत अबरुद्ध भइ अस्पतालमा रहेको जेनेरेटर पनि विग्रीएकोले सेवा प्रभावित हुन पुगेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनको लापरबाहीले सास्ती खेप्नु परेको सेवाग्राहीको गुनासो छ ।
डायलसिस सेवा लिईरहेको अबस्थामा विधुत अबरुद्ध हुँदा डेढ घण्टासम्म कुरेर पुनःसेवा लिएको एक सेवाग्राहीले बताए । डाइलोसिस कक्षमा विधुत अबरुद्ध हुँदा डेढ घण्टासम्म सेवा ठप्प भएको इन्चार्ज मनोज देवले बताए । पहिले कमै विधुत काटिन्थ्यो, एकसाता देखि अलिक बढिनै विधुत अबरुद्ध हुन थालेको छ, उनले भने, विधुत कटेपनि १५ मिनेटसम्म धान्ने क्षमताको बैकल्पिक व्यवस्था हामीसंग छ, तर आज लामो समय विधुत कट्दा डेढ घण्टासम्म सेवा प्रभावित हुन पुग्यो ।

छ जनालाई सेवा दिईरहेको समयमै विधुत सेवा पुर्ण रुपले ठप्प हुँदा डेढ घण्टा पछि दोहो¥याएर सेवादिनु प¥यौं, उनले भने ।
अस्पतालमा भएको २ वटा ठुला जेनेरेटर मध्ये एउटा लामो समयदेखि विग्रीएको तथा संचालनमा रहेको अर्को जेनेरेटरको समेत डायलसिस कक्षमा ल्याउने तार चुँडिएर समस्या आएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए । उनका अनुसार प्रशासनको लापरबाहीले जेनेरेटरको तार समयमा नजोड्दा सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ ।
विधुत अबरुद्ध हुँदा एक्सरे सेवा लिन २ घण्डा पखर्नु परेको रुपनी गाउँपालिका ५ का सेवाग्राही मो. अलि मियाँले दुखेसो पोखे । उस्तै दुखेसो छ, छिन्नमस्ता गाउँपालिकाकी श्याम कुमारी साहको पनि । विहान १० बजे देखि एक्सरे सेवाका लागि बस्दा दिउँसो २ बजेमात्र सेवा पाएको छु । एक्सरे रिपोर्टको लागि पटकपटक तागेदा गर्दा विधुत छैन भनि फर्काउने गरेको उनले गुनासो गरिन ।
अस्पतालमा ५ वटा जेनेरेटर र युपिएस उपकरण संचालनकै लागि ४ जना कर्मचारी हुँदाहुदै विधुतकै कारण मृगौलाको डायलसिस गराउदै गरेका ६ जना विरामीको सेवा विचमै रोकिन पुगेका थियो । डायलसिस मेसिनका विधुत अबरुद्ध भएपछि १५ मिनेट सम्म ब्याकप हुने गर्दछ, त्यस समयभित्र युपिएस र जेनेरेटरले अबरुद्ध विधुतलाई निरन्तरता दिने व्यवस्था हुनुपर्नेमा त्यस्तो नहुदा डायलसिस लिदै गरेका विरामीहरुको सेवा अबरुद्ध हुन पुगेको थियो । जसले गर्दा अस्पताललाई आर्थिक नोक्सानी भएको छ भने विरामीलाई सास्ती खेप्नु प¥यौं भनी एक विरामीका कुरुवाले बताए ।

डायलसिसकै लागि ६ महिना देखि भारतीय दूतावासले उपलब्ध गराएको ४० केभिएको दुइथान जेनेरेटर विग्रीएर थन्किएको अबस्थामा छ भने रेडक्रसले उपलब्ध गराएको ५ केभिए, १२० केभिए र २० केभिएको जेनेरेटर र एक थान युपिएस चालू अबस्थामा हुदाहुदै अबरुद्ध विधुत चालू नगर्ने विधुतका लागि खटिएका ४ जना कर्मचारीको के काम ? उनले प्रश्न गरे ।
विधुतकै लागि कर्मचारी इनरदेव मण्डल समितिबाट नियुक्त भएका छ्न भने उनकै छोरा विरे मण्डल ज्यालादारीमा काम गर्दैछ्न । यसैगरी डायलसिस विधुतका लागि तालिम लिई अर्को कर्मचारी बिजय मिश्र पनि करारमा छन् भने राम नारायण शर्मालाई पनि अस्पतालले करारमा राखेको छ । यस बारे गजेन्द्रनारायण सिंह अस्पतालका सूचना अधिकृत आशाराम यादवले आफुलाई केही जानकारी नभएको बताए ।
गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले जेनेरेटर विग्रीएका कारण विधुत अभावले अस्पतालको अति आबश्यक सेवा केही समय प्रभावित हुन पुगेको स्वीकार गरे ।