• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोशी नगरपालिकामा २७ जनामा डेंगीका रोग भेटियो

सप्तकोशी नगरपालिकामा २७ जनामा डेंगीका रोग भेटियो

न्यूज टुडे
राजविराज, १ भदौ ।
सप्तकोशी नगरपालिकामा डेंगीका बिरामी बढेको पाइएको छ। एक महिना यता सप्तकोशी नगरपालिका भित्र फैलिएको डेंगीका हाल दुई दर्जन बिरामीमा देखा परेको हो।

फत्तेपुर स्थित प्राथमिक स्वास्थ चौकीमा स्वास्थ्य चेक गराउन आएका बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्दा सप्तकोशी नगरपालिका वडा नम्बर १ मा ११ जना, वडा नम्बर २ मा ५ जना, वडा नम्बर ३ सखुबनीमा २ जना र वडा नम्बर ४ बलार्दह मा ४ जना रहेको सप्तकोशी नगरपालिका नगर स्वास्थ शाखाका स्वास्थ्य निरिक्षक महेन्द्र झाले बताए।
डेंगी बढदै गए पछि नगरमा सजगता अपनाउन नगर प्रमुख कृष्ण प्रसाद ढकालले आग्रह गरे। शुक्रवार नगर स्तरिय बिपद ब्यबस्थापन समितीको अध्यक्षताको आसनबाट बोल्दै नगर प्रमुख ढकालले डेंगीको प्रमुख कारण भनेको लामखुट्टे रहेकोले अब वडाको नेतृत्वमा घर–घरमा गई लामखुट्टे मार्ने अभियान चालाउने बताए । डेंगी, कालाजार, मलेरिया लगायतका रोग बढ्दै जानू लामखुट्टेको कारण रहेकोले यसको बासस्थानको पहिचान गरि मट्टीतेल, डिजल वा कालो मोबिल छर्किएर नष्ट गर्न नगर स्वास्थय शाखा र वडा कार्यालयलाई निर्देशन दिए।
उनले नगर क्षेत्र भित्र संचालित निजी क्लिनिकले डेंगी परिक्षणमा मनपर्दी शुल्क लिने गुनासो आउने गरेकोले अनुगमन गरि उनिहरुको बैधानिकता छानबिन गरि क्लिनिक सन्चालनमा एकरुपता ल्याउने बताए।

नगर कार्यपालिकाको हलमा बसेको बिपद् ब्यबस्थापन समितीको बैठकमा नगर उप–प्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राजकपुर चौलागाइ, वडा अध्यक्षहरु रोहिणी पोखरेल, जाहिर हुसेन, देबकान्त गोजेवार, जयराम खङ, गोसाइ चौधरी ,राजेन्द्र यादब, हरि साह, डोलेश्वर खडगा, नेपाली काँग्रेस नगर सभापति युबराज खनाल, एमालेका नगर अध्यक्ष पारस दाहल, नेकपा एसका नगर अध्यक्ष फेकु चौधरी, राप्रपाका तुलाराम लुइटेल लगायत स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो।