न्यूज टुडे
राजविराज, २२ श्रावण ।
केरामा लागेको रोग नियन्त्रणको माग गर्दै सप्तरीका हनुमान नगर कंकालिनी नगरपालिका १ भलुवाका किसानहरुले ज्ञापनपत्र बुझाएका छन् ।
रोगले केरा खेती मासिने अवस्थामा पुगेको भन्दै सोमबार नगरपालिकाको कृषी शाखामा ज्ञापनपत्र बुझाएका हुन । स्थानीय अजय कुमार यादव, धर्मी प्रसाद यादव, विश्वनाथ यादव, सिंहेश्वर यादव, राम अवतार यादवलगायत दर्जनौंको संख्यामा नगरपालिका पुगेका किसानहरुको समूहले कृषि शाखाकी जेटिए सुशिला दाहाललाई ज्ञापनपत्र बुझाएका छ्न । ज्ञापनपत्रमा रोगको रोकथाम र क्षतिपूर्तिको माग गरिएको छ ।
केरा खेतीमा विभिन्न रोग लागि केराको बोट सुक्ने र मर्ने गरेकाले किसानहरुको अत्याधिक नोक्सान भएको हुँदा कृषि प्रविधिक र विज्ञहरुद्वारा अनुगमन गराई रोकथाम गर्न र क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरिएको छ ।