• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

४४ वाटको फ्ल्यास चार्जिङ सहितको भिभो वाइ २७ नेपाली बजारमा

४४ वाटको फ्ल्यास चार्जिङ सहितको भिभो वाइ २७ नेपाली बजारमा

न्यूज टुडे
राजविराज २१ श्रावण ।
भिभोले नयाँं मोडलको वाइ २७ मोबाईल सेट नेपालीबजारमा सार्वजनिक गरेको छ । सप्तरीको राजविराजमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै भिभोका सगरमाथा सिनियर टि एम उमेश श्रेष्ठले आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथआएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको बताए । डुअल रिङ डिजाइन र २.५ डि फ्याट फ्रेम रहेको यो वाइ२७ हेर्दैखेरी अरु स्मार्टफोन मोडलहरु भन्दा अलगदेखिन्छ, उनले भने, जसले गर्दा आफ्नो  साथीहरुको भन्दाअलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको छ । उनले ४४ वाटको फ्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ २७ मा ५ हजार एमएएचको ब्याट्रि रहेको बताए । यसम नाइट टाइम चार्जिङ प्रोटेक्सनपनि रहेको छ, श्रेष्ठले भने, ६जिबि ¥याम र ६जिबिको एक्स्टेन्डेड र्‍यामभएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी रहेको उनले बताए ।

नेपाली बजारमारु २३ हजार ९ सय ९९ मा सार्वजनिक भएको वाइ २७ हेर्नमा अत्यन्त आकर्षक छ, उनले भने, यो मोडलमा इनोभेसन र क्राप्mटम्यानशिप प्रतिभिभोको प्रतिवद्धता छल्किएको छ । राम्रो सँगकाम गर्ने र हेर्दा राम्रो देखिने फोन खोजिरहेका उपभोक्ताहरुको लागि यो उपयुक्त छनोट हो।
उनले यसको एस्थेटिकले स्टाइल र प्रोफेसनलिजम खोज्ने उपभोक्ताहरुलाई चित्त बुझाउँने क्षमता रहेको बताए  । औँठीको आकारबाट प्रभावित यसको डुअल रि· डिजाइनले सुनौलो रङलाई निकै आकर्षक तरिकाले प्रयोग गरेको उनले बताए  । यसको ज्यामितिय प्याटर्नले मिनिमलिस्ट एस्थेटिक र एलेगन्सको छनक दिएको छ, श्रेष्ठले भने, त्यस्तै ग्लिटर एजिको म्याट सर्फेस भएको हुँदा यो फोन समाउनमा सजिलो हुनुको साथै केरिने समस्या र औँलाको दाग बस्ने अवस्था पनि हुँदैन , डायमन्ड प्याटर्नले टेक्स्चरलाई कलात्मक रुप दिएको छ ।
नयाँँलन्चभिभो वाइ २७ को बारेमा जानकारी दिदै भिभो सगरमाथा सिनियर सिटियम श्रेष्ठले “अहिलेको उपभोक्ताहरुको आधुनिक मागहरु सम्बोधन गर्नको लागि भिभोको वाइसिरिजमानिरन्तर रुपमा उल्लेखनीय प्राविधिकअपग्रेड गर्दै आइरहेको बताए। हाम्रो नयाँँवाइ २७ ले हाम्रा उपभोक्ताहरुलाई आफ्ना अमुल्य क्षणहरुलाई सुन्दर तरिकाले कैद गर्न सुन्दर फोनमा कैद गर्न सजिलो बनाउनेछ , श्रेष्ठले भने, हाम्रा उपभोक्ताहरुको परिवर्तन भईरहने चाहनालाई कटिङ एज टेक्नोलोजी र उत्कृष्ट पर्फर्मेन्स युक्त फोनहरुको साथ सम्बोधन गर्ने हाम्रो प्रतिवद्धता सदैव जारी रहने छ ।”
५० एमपिको अल्ट्रा क्लियर क्यामरा र २ एमपिको बोके क्यामरा सहितको डुअल क्यामराले खिचेका तस्विरहरुमा उत्कृष्ट डिटेलहरु पाउन सकिने उनले बताए। त्यस्तै यसमाभएको ८ एमपिको फ्रन्ट क्यामराले गर्दा उतिकै सुन्दर सेल्फीहरु पनिलिन सकिन्छ, उनले भने, त्यस्तै यसमा भएको सुपर नाइट सेल्फीले एआइ फेस ब्युटी र औरा स्क्रिन लाइट प्रयोग गरेर कम उज्यालोमा पनि जसले गर्दा सेल्फी राम्रो दिन्छ ।

बर्गन्डी ब्ल्याक र सि ब्लुजस्ताआकर्षक रङहरुमा उपलब्ध यस भिभो वाइको सिमलेस फ्रेमले यसको एस्थेटिकलाई झनै लोभलाग्दो बनाएको श्रेष्ठको भनाई थियो । कार्यक्रममा सप्तरीका मोबाइल विक्रेता, संचारकर्मीहरुको उपस्थिति रहेको थियोे ।