राजकुमार साह
कञ्चनपुर,१९ श्रावण ।
सप्तरीको कञ्चनरुप नगर अस्पताल उपचारको क्रममा मृत्यु भएका ओमप्रकाश खंग बारे छानबिन समिति गठन भएको छ । जनमत पार्टीको नेता इन्द्रदेब कोरोगियाको नेतृत्वमा शुक्रबार ९ सदस्य समिती गठन भएको हो ।
समितिमा नेकपा एमालेबाट पुर्व वडा अध्यक्ष राजकुमार साह,काँग्रेसबाट पुर्व वडा अध्यक्ष जिबृल मियाँ, जसपा बाट जिल्ला सदस्य रामेश्वर यादब, माओवादी केन्द्र बाट सत्यनारायण चौधरी ,राप्रपाबाट बाबुराम ढकाल, जिल्ला अस्पतालबाट एक जना डाक्टर र आमन्त्रितबाट नगरप्रमुख ललनप्रसाद गुप्ता ,मनोज मिश्र समितिमा चयन भएको सदस्य जसपा नेता रामेश्वर यादवले बताए ।
गत साउन १४ गते सप्तकोसी नगरपालिका वडा नम्बर –९का १६ वर्शिय ओमप्रकाश खंगको उपचारको क्रममा नगर अस्पतालमा मृत्यु भएको थियो । मृत्यु पछि अस्पतालको सम्पुर्ण सेवा ४ दिन ठप्प रहेको थियो ।
सर्वदलीय बैठकको छलफल पछी शुक्रबारबाट इमर्जेन्सी सेवा बाहेक ओपिडी सेवा बिहान १० बजेदेखि ५बजे बेलुका सम्म मात्र सेवा दिनेगरि अस्पताल सञ्चालनमा आएको अस्पतालका इन्चार्ज डा संजय रौनियारले जानकारी दिए ।