• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

प्रदेशसभा सदस्य कर्णले सार्वजनिक गरिन खर्च विवरण

प्रदेशसभा सदस्य कर्णले सार्वजनिक गरिन खर्च विवरण

न्यूज टुडे
राजविराज, १० श्रावण ।
प्रदेशसभा सदस्य माला कुमारी कर्णले आप्mना खर्च विवरण सार्वजनिक गरेकी छिन । प्रेस सेन्टर सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत उनले खर्च विवरण सार्वजनिक गरेकी हुन ।

खर्च विवरण सार्वजनिक गर्दै प्रदेश सभा सदस्य कर्णले सरकारले देशैभरी चलाएको भ्रष्टाचार विरोधी अभियानलाई सहयोग होस भन्ने उदेश्यले खर्च विवरण सार्वजनिक गरेको बताईन । खर्च विवरण सार्वजनिक गर्दा सुशासन र पारदर्शिता कायम हुने उनले विश्वास व्यक्त गरिन । पार्टीले लिएको सुशासन, न्यायपुर्ण समाज निर्माणको लक्ष्य अनुरुप आप्mनो संसदीय कोषबाट विनियोजित रकम र कार्यालय संचालन, कार्यालय व्यवस्थापन प्रतिनिधि एवम् कर्मचारी पारिश्रमिक लगायतको शिर्षकमा भएको खर्च सार्वजनिक गरेको उनले बताइन् ।
उनले २०७९ माघ ११ गतेदेखि मधेश प्रदेशसभा सदस्यको सपथग्रहण गरेदेखी २०८० असार मसान्त सम्मको खर्च विवरण प्रस्तुत गरिन। प्रस्तुत खर्च विवरणमा खडक बुहुमुखी क्याम्पस भवन निर्माणमा ४० लाख, छिन्नमस्ता गाउँपालिका ६ कुपहीमा छठघाट निर्माणमा ५ लाख, खडक नगरपालिका ६ मा कृषि सडक निर्माण ग्राभेलमा १४ लाख ५० हजार, छिन्नमस्ता ७ हाटीमा पक्की नाला निर्माण १५ लाख, खडक १० व्युटिशियन तालिम ४ लाख ५० हजार, खडक १० मा कल्भर्ट तथा शौचालय निर्माण ६ लाख, खडक नगरपालिकाका सबैवडामा मैनबत्ती बनाउने तालिममा ५ लाख, खडक नगरपालिकामा विश्राम स्थल निर्माणमा ५ लाख र प्रशासनिक खर्च ५ लाख छन् ।

यसैगरी पारिश्रमिक प्रतिमहिना ५२ हजार ६ सय, बैठकभत्ता प्रतिदिन १ हजार, संचार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रतिमहिना १५ हजार, फर्निचर खर्च एकमुष्ट ५० हजार, निजि सचिवालय बन्दोबस्त २ हजार, विजुलीधारा प्रतिमहिना २ हजार र स्वकीय सचीव रा. प्र तृतीय प्रतिमहिना नियम अनुसारको रहेको उनले खर्च विवरण प्रस्तुत गरिन । प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनको संचालन उपाध्यक्ष कमानन्द माझीले गरे ।