• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विरामीलाई फलफूल वितरण

न्यूज टुडे
राजविराज, ०६ श्रावण ।
सप्तरीको राजविराजबाट प्रकाशित हुने क्रान्ति केन्द्र दैनिक पत्रिकाको शनिबार प्रथम बार्षिकोत्सव मनाइएको छ ।

राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालका इमर्जेन्सी र एचडीयु वार्डमा रहेका बिरामीहरुलाई फलफूल वितरण गर्दै क्रान्ति केन्द्रकर्मीले वार्षिकोत्सव मनाएको हो ।
पत्रिका प्रकाशन सुरु भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा फलफूल वितरण गर्दै उत्सव मनाइएको पत्रिकका व्यवस्थापन टिमका विपिन यादवले बताए ।
उनले सफलता पुर्वक पत्रीका संचालन गर्न पाउदा खुशी महुसुस गरेको बताए । यस एक बर्षको अवधिमा चुनौतीहरु नआएको होइन्, आर्थिक संकट, जनशक्ति अभावदेखि व्यवस्थापनसम्मा समस्या आएकै हो, उनले भने, ‘यद्यपी स्रोत साधनको अभावको प्रभाव कुनै किसिमले समाचारमाथि पर्न नदिन हामी सदैव तत्पर रह्यौं र रहने छौं ।’
उनले कुनै पनि परिस्थितिमा समाचारको सत्यतामा कमप्रोमाइज नगर्नेमा आप्mनो टिम दृढ रहेको बताए । ‘हामी थप स्रोत साधनको व्यवस्था गरि पत्रकार आचारसंहिताको पूर्ण रुपमा पालना गर्दै बढी भन्दा बढी सुचना यहाँहरु समक्ष पुर्याउने लक्ष्यमा लागेका छौं ।’ उनले भने, ‘हामी सदैव जनहितको लागि काम गरिरहने छौं ।’
उक्त अवसरमा उनीहरूले पाठक र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै समाचारको विषयमा विचार साट्दै रह्नन आग्रह समेत गरे  ।

प्mलफुल वितरण कार्यक्रममा क्रान्ति केन्द्रको व्यवस्थापक टिमका राजकुमार साह, दिपेन्द्र यादव, संचारकर्मी चन्दनरु यादव, अस्पतालका चिकित्सकहरु, स्थानीय औषधि व्यवसायी राजेश रंजन लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।