न्यूज टुडे
राजबिराज, ५ श्रावण ।
हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको राजबिराज ७ स्थित सखडा माेडमा शुक्रबार स्थानीयवासीले सडक अवरुद्ध गरेका छन । सडक निर्माणको माग गर्दै विहान ८ बजेदेखि टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका हुन ।

स्थानीयबासी सडकमा टाटी लगाएर विरोध प्रदर्शनमा उत्रिएपछि उक्त मार्ग ठप्प रहेको छ । स्थानीयबासीको अबरोधका कारण उक्त सडकबाट कुनैपनि सवारी साधन संचालनमा आउन सकेको छैन ।
हुलाकी सडक अन्तर्गत राममन्दिर देखि सखडा मोड र छिन्नमस्ता डेरी सम्म जोडने अधुरो सडक निर्माणको माग राखी सडक अवरुद्ध गरेकाे स्थानीयवासीले जनाएको छ ।

राजबिराज नगरपालिका कार्यबाहक नगरप्रमुख इसरत परविनले ४ दिन भित्र सडक निर्माण गर्ने प्रतिबद्धता जनाएपनि हाल सम्म उक्त जीर्ण सडक निर्माण नगरेकोले चक्का जाम गरेको उनीहरुले बताए । उक्त सडक खण्डको अवस्था जर्जर हुँदा सवारी साधन संचालनमा कठिनाइ हुने गरेको स्थानीयहरु बताउछन् ।
सडक निर्माणको कार्य अधुरो छोड्दा हिउँदमा धुलो उड्ने र वर्षामा सडक हिलाम्मे हुँदा वरिपरिका बासिन्दाहरु सास्ती खेप्न बाध्य छ्न ।