• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आरक्ष टोलिद्वारा अजिङ्गरको उद्वार
न्यूज टुडे
राजविराज, ३ साउन ।
कोशी टप्पु बन्यजन्तु आरक्षको टोलिद्वारा बुधबार एक अजिङ्गरको उद्वार गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भल्वामा एक व्यक्तिको घरमा भेटिएको ७ फिट लामो अजिङ्गरको आरक्षबाट आएको टोलिले उद्वार गरेको हो ।
स्थानीय अजय कुमार यादवको गोठमा भेटिएको अजिङ्गरको तौल ६ किलो र लम्बाई ७ फिट रहेको आरक्षका रुपक परियारले बताए ।
भल्वा स्थित अजय कुमार यादवको गोठमा भेटिएको अजिङ्गर । फोटो : न्यूज टुडे
 विहान १० बजे घरको छानोमा अजिङ्गर देखिपछी प्रहरीलाई खबर गरेको घरधनी यादवले बताए । प्रहरीले आरक्षको टोलिलाई खबर गरि दिउँसो ०२ : ३० बजे अजिङ्गर लिएर गएको उनले बताए ।
नियन्त्रणमा लिएको अजिङ्गरलाई कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा लागि छोडिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी दिपक कुमार रायले जानकारी दिए ।
टोलिमा कोशी टप्पु आरक्ष केन्द्रका परियार, संयुग यादव, सशस्त्र प्रहरी निरीक्षक गोबिन्द श्रेष्ठ, इलाका प्रहरी कार्यालय भारदहका इन्चार्ज प्रहरी नायव निरीक्षक अनिलकुमार राय लगायतका सहभागी थिए ।