• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विज्ञान-प्रविधि

बर्षायाममा हुने क्षति नियन्त्रणमा सहयोग गर्ने लेखीको प्रतिबद्धता 

बर्षायाममा हुने क्षति नियन्त्रणमा सहयोग गर्ने लेखीको प्रतिबद्धता 
शिवप्रसाद आचार्य
फत्तेपुर २ साउन ।
मधेश प्रदेशका पुर्व कानुन मन्त्री एवम् प्रदेश सभा सदस्य राज कुमार लेखीले बर्षायाममा हुने क्षति  नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन  । सप्तकोशी नगरपालिकाद्वारा वडा नम्बर ६ बोचहीमा मंगलबार आयोजित बाढी जन्य बिपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।
               कार्यक्रममा बोल्दै लेखीले बर्षायाममा हुने बिपदले  राष्ट्रभरीनै व्यापक धनजनको क्षती हुने गरेकाले यसमा सरकारको ध्यान जानू जरुरी रहेको बताए।  सरकार जनताको जीउधन रक्षा भन्दा कमाउने धन्दामा केन्द्रित हुने गरेको बताउदै उनले मधेस प्रदेश सरकार भ्रष्टाचारमा लिप्तरहेको तथा भागवण्डामा काम चलाइरहेको आरोप लगाए ।  आफ्नो निर्वाचन क्षेत्र  अन्तर्गतका सबै खोला नालाको अध्यन गरि आबश्यक रणनीति बनाउने उल्लेख गर्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री लेखीले वर्षा याममा हुने क्षति नियन्त्रणमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
         सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालले बिपदले कसैलाइ पनि नछोडने भएकाले नदिको तटिय क्षेत्रमा रहने बासिन्दाहरु चनाखो भएर रहन आग्रह गरे। उनले बाढीबाट उत्पन्न समस्या र बच्ने उपाय बारे जनजागरण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
              स्थानीय एक पोखरीमा बाढी आउने बेला देखि घटना हुनजेलसम्मका लागि  कसरी बच्ने र बचाउने भन्ने बारेमा पुर्व अभ्यासहरु गरिएको कार्यक्रमको सहजीकरण सशत्र प्रहरी ६ नम्बर गण राजबिराजका प्रहरी निरिक्षक महेश कुमार कार्की, पिपुल इन निडका आपतकालिन संयोजक सबिन अधिकारी ,कोशी पिडित समाजका सुकदेब चौधरीले गरे । कार्यक्रममा सशत्र प्रहरीका जवानले बाढीबाट उत्पन्न समस्यालाई निराकरण गर्न  सकिने कुरा बिभिन्न अभ्यास मार्फत प्रस्तुत गरेका थिए।
विपदको जोखिमबाट बच्ने उपाय बारे पुर्व अभ्यासको जानकारी गराउदै प्रशिक्षकहरु। फोटो : न्यूज टुडे
               नगरप्रमुख ढकालको अध्यक्षतामा आयोजित  कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्रबिधिकरण शाखा गृहमन्त्रालयका उप सचिब राजेन्द्र शर्मा,सशस्त्र प्रहरी फत्तेपुरका प्रहरी निरीक्षक किशोर डागी ,पिपुल इननिडका कार्यक्रम संयोजक दिपेन्द्र ठाकुर,दिगो समाधान परियोजनाका कार्यक्रम संयोजक सन्तोष केसी ,नगरका एक देखि एघार वडा सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र शाखा प्रमुख र स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो।
              सप्तकोसी नगरपालिका वडा नम्बर  ४ कि वडा सचिब सुनिता श्रेष्ठद्वारा संचालित कार्यक्रममा  स्वागत वडा नम्बर ६ का वडा अध्यक्ष नन्दी चौधरीले गरे ।  उक्त क्षेत्रमा त्रियुगा नदिको बाढीले पटक पटक डुवान हुँदै  आएको छ ।