• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीको भुर्कीमा सर्पदंशबाट एक महिलाको मृत्यु 

सप्तरीको भुर्कीमा सर्पदंशबाट एक महिलाको मृत्यु 
न्यूज टुडे
राजविराज, २ साउन ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ भुर्कीमा मंगलबार सर्पदंशबाट ४० बर्षिय एक महिलाको मृत्यु भएको छ । स्थानीय नाथु चौधरीको श्रीमति ललितादेवी चौधरीको मृत्यु भएको हो ।
आफ्नै घरमा राती ९ बजे सर्पले टोकेर सख्त घाईते भएकी चौधरीको उपचारको क्रममा मृत्यु भएको देवार राम कुमार चौधरी बताए । सर्पले टोकेको थाह हुनसाथ सर्पदंश उपचार केन्द्र कल्याणपुर उपचारको लागी भर्ना गर्यौ, उनले भने, त्याहाँ उपचार नभएपछि धरान रेफर गरिदियो, विमारी  अबस्था गम्भीर भएपछि ठेलिया स्थित धर्मेश्वर अस्पतालमा देखाउँदा राजविराज लान सल्लाह दिएपछि गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरे । मृतकको शव घरमा ल्याई अन्त्यष्टीको तयारी भएको उनले जानकारी दिए ।
ललितालाई घरको धान राख्ने कोठामाथि कन्तिमा राखेको सुपारी झिक्ने क्रममा सर्पले डसेको मृतकका श्रीमान नाथु चौधरीले जानकारी दिए । रोपाइँ सकेर खाना खाईसकेपछी कन्तिमा राखेको सुपारी झिक्न गए, उनले भने, सुपारीमा बसेको सर्फले हातमा ठूलो चोट देखिने गरि टोकेर घाईते भईन । तत्कालै उपचारको लागि अस्पताल लगिएपनि श्रीमतिलाई बचाउन नसकिएको उनले जानकारी दिए ।
मृतक चौधरीको श्रीमान १४ बर्षिय १ छोरा र १० बर्षिय एक छोरी छिन । उनको श्रीमान सुस्त मनस्थितिको भएकाले परिवारको भरणपोषण उनले गर्दै आएकी थिईन ।
ललिताको मृत्यु भएपछि उनको श्रीमान र नाबालक २ छोराछोरी विचल्लीमा परेको स्थानीयले जनाएको छ ।