• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीमा खाल्डोमा डुबेर ८ बर्षिय बालकको मृत्यु 

सप्तरीमा खाल्डोमा डुबेर ८ बर्षिय बालकको मृत्यु 
रामनाथ यादव
राजविराज, १ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी वल्लभ नर्सिङ्ग माध्यमिक विद्यालयको छेउमा खनिएको  खाल्डोमा डुबेर एक ८ बर्षिय बालकको मृत्यु भएको छ । स्थानीय महादेव खंगको छोरा गोविन्द खंगको खाल्डोमा डुबेर मृत्युका भएको हो ।
 खेतमा धान रोप्न गएका आमासंगै उक्त ठाउँ पुगेका बालक विद्यालयको पुर्वाधार निर्माण कार्य गर्ने क्रममा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको स्थानीयले जनाएको छ ।
 दिउँसो ३ बजे खाल्डोमा डुवि  बालकको मृत्यु भएको प्रहरी चौकी को. बर्साईनका इन्चार्ज प्रहरी नायव निरीक्षक रमेश सिंहले जानकारी दिए । बालकको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक सिंहले जानकारी दिए ।
विद्यालयको पर्खाल निर्माणको क्रममा खनिएको खाल्डोमा जमेको पानी । फोटो : न्यूज टुडे
विद्यालयको पर्खाल निर्माणका क्रममा जेसिवीले खनिएको खाल्डो बेवारिसे अवस्था छोड्दा बालकको मृत्यु भएको बालकका आफन्तले आरोप लगाएका छ्न । विद्यालय प्रशासनको लापरबाहीले बालकको ज्यान गएको आक्रोशमा उनीहरुले विद्यालयमा तोडफोड गर्ने प्रयास गरेका थिए  ।
 उक्त पर्खाल निर्माणको ठेक्का प्रेम यादवले लिएको तिलाठी कोईलाडी गाउँपालिका ७ का अध्यक्ष हरि नारायण मण्डलले बताए ।