• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

असारे विकास:  बाटो हिलाम्मे हुँदा विद्यालय जान सास्ती 

असारे विकास:  बाटो हिलाम्मे हुँदा विद्यालय जान सास्ती 
न्यूज टुडे
राजविराज, २८ असार ।
सप्तरीको हनुमान नगरकंकालिनी नगरपालिका १ स्थित आधारभुत विद्यालय भल्वा जानेबाटो हिलाम्मे हुँदा विद्यालय पुग्न विद्यार्थीहरुलाई  ठूलो सास्ती खेप्नु परेको छ ।
वडा कार्यालयले मर्मत सम्भारको नाममा बाटोमा माटो फिलिङ गरेपछि विद्यालय पुग्न छात्रछात्रालाई सास्ती भएको हो ।
विद्यालय जाने बाटो हिलाम्मे भएकाले विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भएको प्रधानाध्यापक अशोक कुमार यादवले बताए ।
वाटोमा नयाँबाटो लगाएको छ, उनले भने, लगातार पानी परेकोले मोटरसाइकल र साईकल चढेर जाने अबस्था छैन, २ सय मिटर टाढै राखेर हिडिर जाँदा पनि चिप्लिएर विद्यार्थीहरु लड्छ्न ।
बाटोका करण विद्यालयमा विद्यार्थीहरुको संख्या घटेको जानकारी दिए ।
बाटोमा चिप्लो माटो लगाएकोले विद्यालय आवतजावतमा कठिनाइ भएको स्थानीय युवा अजय कुमार यादवले बताए ।
विकासको काम गर्नु राम्रो पक्ष हो, उनले भने, विकासको नाममा जनतालाई दु:ख दिनु राम्रो हुँदै होइन । माटोको ठाउँमा ग्राईभेल लगाएको भए समस्या हुने थिएन ।
उनले वडा कार्यालयले जसरी पनि बजेट तह लगाउने र कमाउने मनसायले मर्मत सम्भारको नाममा बाटोहरुमा थोरै माटो लगाउने कार्य गरि समस्या खडा गरेको बताए ।
स्थानीय तहहरुले मर्मत सम्भारको नाममा बर्षेणी करोडौं बजेट विनियोजन गरि टालटुले काममा बजेट खर्च गरेर दुरुपयोग गर्दै आएका छ्न ।
मर्मत सम्भारको बहानामा  बजेट बाँडफाँड गरेर ग्राइभेलमाथि माटो फिलिङ गर्दा बर्षयाममा सर्वसाधारणलाई बाट हिड्न  सास्ती हुने गरेको छ ।