• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीमा करेन्ट लागेर ६५ बर्षिय चौधरीको मृत्यु

सप्तरीमा करेन्ट लागेर ६५ बर्षिय चौधरीको मृत्यु
न्यूज टुडे
राजविराज ,२८ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ स्थित कुशाहामा बुधबारराती करेन्ट लागेर ६५ बर्षिय एक  पुरुषको मृत्यु भएको छ । स्थानीय हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
चौधरीलाई आफ्नै घरमा विद्युत तार जोड्ने क्रममा गएराती करेन्ट लागेर घाइते भएपछि उपचारका लागि सिरहाको लहान अस्पताल पुर्‍याइएको थियो ।
 चिकित्सकले इसिजीसहित चेकजाँच गर्दा चौधरीलाई मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव  उपरीक्षक नरेश कुमार सिंहले बताए ।
 मृतक चौधरीको शव परिक्षणपछि परिवारको जिम्मा लगाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।