• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

अग्नीसाईर कृष्णासवरनमा ढल तथा सडक निर्माणमा डल्लो परेको सिमेन्ट प्रयोग 

ढलानका लागि तयारी अबस्थामा राखिएको डल्लो परेको सिमेन्ट । फोटो : न्यूज टुडे
न्यूज टुडे
राजविराज, २७ असार ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा संचालित योजनाहरुमा व्यापक अनियमितता हुने गरेको पाईएको छ । गाउँपालिकाद्वारा संचालित वडा नम्बर ३ मटिगस पुर्व टोल ढल तथा सडक निर्माण कार्यमा डल्लो परेको सिमेन्ट प्रयोग गरेको पाईएको हो ।
नामको मात्र उपभोक्ता समिति गठन गर्ने र कामभने ठेकेदारबाट गराउने प्रवृत्तिले गुणस्तरहीन काम हुने गरेको स्थानीय दुर्गानन्द चौधरीले बताए । ढल तथा सडक निर्माणका लागि उपभोक्ता समिति गठन भएको छ, उनले भने, तर  उपभोक्ता समितिलाई कुनै वास्ता छैन, गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भईरहदा समेत कसैले निगरानी गर्दैन । उनले सडक ढालनमा ड्ल्लो परेको सिमेन्ट प्रयोग गरेको आरोप लगाए । मापदण्ड विपरीत ढलानमा बजारमा सस्तो पाईने अर्ना सिमेन्ट , छ्ड, गुणस्तरहीन बालुवा गिट्टीसहितका सामाग्री प्रयोग गरेको छ, चौधरीले भने, कम्जोर काम जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमै हुन्छ ।
कमिसन पाएपछि कम्जोर तथा अधुरो  योजनाहरुको पनि भुक्तानी दिन्छ
योजना स्थलमा थुपारेको डल्लो परेको सिमेन्ट : फोटो : न्यूज टुडे
स्थानीय रमेश कुमार चौधरीले तोकिएको समयमा काम सम्पन्न नभएका योजनाहरुको समेत बजेट निकासा भएको बताए । ढल तथा सडक निर्माण योजनाको काम असार १५ गते सम्पन्न गर्नुपर्ने सम्झौता छ, उनले भने, काम अधुरै छ, गाउँपालिकाले योजनाको सम्पुर्ण बजेट निकासा गरिसकेको छ । कुन आधारमा कामै नगरी बजेट निकासा भयो, यसबाट रकम बाँडफाँड गरेर खाने नियत देखिएको छ । उनले प्रक्रिया विपरीत कार्य गरि बजेट हजम पार्ने दाउमा उपाध्यक्ष कल्पना कुमारी चौधरी र वडा अध्यक्ष गोपाल प्रसाद चौधरीकै संलग्नता रहेको आरोप लगाए । आफ्ना आसेपासेलाई उपभोक्ता समितिमा राखेर ठेकेदारबाट काम गराई कमाउने धन्दामा उपाध्यक्ष र वडा अध्यक्ष लागेको उनको भनाई छ । उनले कमिसन लिएर उपभोक्ता समितिले ठेकदारलाई काम जिम्मा लगाउदा समयमा काम हुन नसकेको जिकिर गरे ।
यसबारे उपभोक्ता समितिका अध्यक्ष कौशल्यादेवी यादवलाई भेट्ने प्रयास गर्दा सम्पर्कमा आउन चाहेन ।
उपाध्यक्ष कल्पना कुमारी चौधरीले ड्ल्लो परेको सिमेन्ट प्रयोग गर्न नदिने बताईन । उनले समयमा काम नगर्ने उपभोक्ता समिती तथा निर्माण व्यवसायीहरुको भुक्तानी नहुने उल्लेख गरिन । स्थानीयले आफुमाथी लगाएको आरोप निरधार नहेको बताउदै उपाध्यक्ष चौधरीले विकास विरोधी सोच भएकाकाहरुले पटकपटक काम अबरुद्ध गरेको जानकारी दिईन । उनले विकास विरोधीहरु मादक पदार्थ सेवन गरि हातहतियारसहित मजदुरहरुमाथि जाईलागेको आरोप लगाईन ।
मट्टीगढामा संचालनमा रहेको ढल तथा सडक योजना । फोटो : न्यूज टुडे
उक्त ढल तथा सडक योजना उपाध्यक्ष चौधरीको घर भएको टोलमा संचालनमा रहेको छ । गाउँपालिकाको २५ लाख र स्थानीय जनश्रमदान १ लाख ३४ हजार ३ सय ७८ गरि कुल २६ लाख ३४ हजार ३ सय ७८ रुपैयाँको लगानीमा ढल तथा सडक निर्माण कार्य उपभोक्ता समिति मार्फत गर्नुपर्ने सम्झौता छ । २०८० जेठ १९ गते सुरु गरि २०८० असार १५ गते भित्र काम सम्पन्न गर्न सम्झौतामा उल्लेख भएपनि काम भने अधुरो रहेका कारण असार मसान्तसम्म धमाधम काम भईरहेको छ ।
सरकारले असार २४ सम्म चेक काट्न निर्देशन गरेपनि प्रक्रिया मिचेर गाउँपालिकामा संचालित अधिकाँश अधुरो योजनाको बजेट निकासा गरि काम संचालनमा रहेको गाउँपालिका स्तरीय सुझाव संघर्ष समितिका संयोजक अरुण कुमार चौधरीले जानकारी दिए ।