• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

अग्नीसाईर कृष्णासवरन पुर्ण खोप सुनिश्चित पालिका घोषणा

घोषणाले स्वास्थ्य तथा सभ्य पालिकाको संदेश दिएको छ : साह 
अग्नीसाईर कृष्णासवरन पुर्ण खोप सुनिश्चित पालिका घोषणा
न्यूज टुडे
राजविराज, २५ असार ।
 सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकाद्वारा सोमबार आयोजित एक समारोहका विच पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो ।
पुर्ण खोप सुनिश्चित पालिका समारोहमा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो : न्यूज टुडे
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षता तथा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख शिव नारायण साह । फोटो : न्युज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले अग्नीसाईर कृष्णासवरन गाउँपालिका पुर्ण खोप सुनिश्चित घोषणाले देशमै स्वास्थ्य र सभ्य पालिकाको संदेश प्रवाह गरेको बताए । पालिकालाई पुर्ण खोप सुनिश्चित गर्न योगदान गर्ने सम्पुर्णलाई धन्यवाद दिदै उनले जिल्लामा पाँचौ पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएको भन्दै गाउँपालिका परिवारको प्रशंसा गरे ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी । फोटो: न्युज टुडे
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुको दिनरातको मिहिनेतबाट सफलता हाँसिल भएको बताए । उनले स्वास्थ्य क्षेत्रमामा योगदान दिने सम्पुर्णलाई कदरको साथ पालिकाद्वारा उचित सेवासुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव । फोटो: न्यूज टुडे
स्वास्थ्य ईकाई कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले पुर्ण खोप सुनिश्चित पालिकासंगै ज्यान मार्ने रोगबाट पालिकाबासी मुक्त भएको बताए ।  १३ रोग विरुद्धको खोप लगाएपछी ज्यानमारा रोग पालिकामा नलाग्नेमा ढुक्क हुने उनले विश्वास व्यक्त गरे ।
उपाध्यक्ष कल्पना कुमारी चौधरी । फोटो: न्यूज टुडे
उपाध्यक्ष कल्पना कुमारी चौधरीले पालिकालाई पुर्णखोप घोषणा गर्न योगदान गरेकोप्रति स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुको प्रशंसा गरिन । उनले खोप अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिईन ।

पालिकाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद सदस्य बृजमान तामाङ, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, स्वास्थ्य चौकी सितापुरका इन्चार्ज हरि नारायण चौधरी, स्वास्थ्यकर्मी चन्द्र नारायण खडगा, स्वास्थ्य स्वयंसेविका लतादेवि चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । स्वास्थ्यकर्मी मनोज चौधरीद्वारा संचालित कार्यक्रममा

पुर्ण खोप सुनिश्चित पालिका घोषणा समारोहमा सहभागीहरु । फोटो: न्यूज टुडे

स्वागत स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद चौधरीले गरे । कार्यक्रममा पुर्णखोप सुनिश्चित पालिका घोषणा गर्न योगदान गर्ने २ दर्जन स्वास्थ्यकर्मीहरुलाई पोशाकसहित प्रशंसा-पत्रद्वारा सम्मान समेत गरिएको थियो ।