न्यूज टुडे
राजविराज, २१ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिका ७ मा बिहीबार चट्याङ लागेर एकजाको मृत्यु भएको छ । स्थानीय बर्ष ७० को राम प्रसाद रामको चट्याङ लागेर मृत्यु भएको हो ।
साँझ ५ बजे आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चट्याङ (प्राकृतिक बिधुतिय करेन्ट) लागी घाईते भएको रामलाई तत्काल उपचारको लागी छिन्न्मस्ता अस्पताल राजबिराजमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरे । उनको साँझ साढे ५ बजेको समयमा अस्पतालको चिकित्सकले इसिजी चेक जाच गर्दा मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
रामको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको तथा घटना बारे थप अनुसन्धान भईरहेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
चट्याङ लागेर सोही ठाउँका भोला साहको दुईवटा खसी समेत मरेको स्थानीय बेचु रामले जानकारी दिए ।