न्यूज टुडे
राजविराज, १८ असार ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित हटियामा सोमबार रुपनी जनस्वास्थ्य ल्याव उदघाटन गरिएको छ । रुपनी गाउँपालिकाद्वारा आयोजित एक समारोहका विच गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले रिवन काटेर ल्याव उदघाटन गरेको हो ।
मधेश प्रदेश सरकारको सहयोगमा संचालित जनस्वास्थ्य ल्याव उद्वघाटन गर्दै अध्यक्ष यादवले ५४ प्रकारको रोगको जाँच हुने बताए । उनले ७५ प्रतिशत छुटमा स्वास्थ्य जाँच गर्न पाईने जानकारी दिए । अध्यक्ष यादवले सेवा संचालन भएसंगै गाउँपालिका बासीलाई स्वास्थ्य सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । गाउँपालिकामै विभिन्न ५४ वटा जाँचको सुविधा प्रदान हुन्छ, अध्यक्ष यादवले भने, सबै किसिमको जाँच गराउदा अन्य ठाउँमा भन्दा ७५ प्रतिशत छुटमा सेवा पाउनेछ्न ।
उनले स्वास्थ्य प्रयोगशालामा दक्ष जनशक्ति र स्वास्थ्यकर्मीबाट सेवा प्रबाह गराउने प्रतिबद्धता समेत व्यक्त गरे । गाउँपालिकावासिले अब चर्को भाँडा तिरेर, राजविराज, जनकपुर, धारान, विराट नगर, काठमाडौ जाँचको लागि जान पर्दैन, उनले भने, दक्ष स्वास्थ्यकर्मी र जनशक्तिबाट स्वास्थ्य जाँच गराउने प्रबन्ध गाउँपालिकाले मिलाएको हुदा निर्भीकतापुर्वक प्रभावकारी सेवा पाउनु हुनेछ । उनले पालिकाद्वारा प्रदान हुने सेवा आम जनताले लिनुपर्नेमा जोड दिए ।
स्वास्थ्य प्रयोगशाला उद्वघटन समारोहमा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, उपप्रमुख शम्भु कुमार यादव, स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादव, प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न स्वास्थ्य केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मीहरु, विभिन्न राजनीति दलका प्रतिनिधिहरु, संचारकर्मीहरु, स्वास्थ्य स्वयंसेविकाहरु लगायतका स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । उक्त अबसरमा अध्यक्ष यादवले रगत जाँच गरेर स्वास्थ्य प्रयोगशालाको शुभाराम्भ गरे ।