न्यूज टुडे
राजविराज, १४ असार ।
मलिथम फुटबल क्लब उदयपुर राजविराजमा संचालित प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सप्तरी सदरमुकाम राजविराजस्थित राजरंगशालामा विहिबार सम्पन्न खेलमा ईश्वरपुर फुटबल क्लब बेलबास सर्लाहीलाई ०–१ गोलान्तरले पराजित गर्दै उदयपुर फाईनल प्रवेश गरेको हो । उदयपुरको तर्फबाट पहिलो हापको १५ औं मिनेटमा जर्सी नम्बर १५का आशिष चौधरीले १ गोल गरे । निर्धारित ९० मिनेटको खेलमा दुबै टिम विच कडा प्रतिस्पर्धा भएपनी सर्लाहीले गोल गर्न नसकेको आयोजकले जनाएको छ । आशिष चौधरीले गरेको गोलसंगै उदयपुरको जित सुनिश्चित भएको जिल्ला फुटबल संघ सप्तरीले जनाएको छ ।
राजविराज नगरपालिकाको सहयोगमा जिल्ला फुटबल संघ सप्तरीद्वारा संचालित प्रतियोगिताको फाईनल खेलमा मलिथम फुटबल क्लब उदयपुर र धनुषा जिल्ला फुटबल संघ जनकपुर विच भिडन्त हुने जिल्ला खेलकुद विकास कार्यालय सप्तरीका प्रमुख दिनेश भुजेलले जानकारी दिए।
बुधबार बेङखाडी बर्दिबास महोत्तरी नआएपछि जनकपुर फाईनल प्रबेश गरेका थिए । फाईनल खेल असार १६ गते शनिबार हुने आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए ।