न्यूज टुडे
राजविराज, १२ असार ।
सप्तरीको राजविराजमा संचालित प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा इश्वरपुर फुटबल क्लब बेलबास सर्लाही विजयी भएको छ । राजविराजस्थित राजरंगशालामा भएको खेलमा मितेरी फुटबल क्लब सुनसरीलाई ५–६ गोल अन्तरले पराजित गर्दै सर्लाहीले जित हाँसिल गरेको हो ।
सुनसरीको तर्फबाट जर्सी नम्बर १० का विजय गुरुजनले खेलको पहिलो हापको ३५ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए । खेलको दोश्रो हापमा ८८ औं मिनेटमा सर्लाहीका जर्सी नम्बर १६ का उग्रण तामाङले गोल फर्काएपछि बराबर भए । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट १–१ गोल गरि बराबर भएपछि पलान्टी मार्फत खेलको छिनोफानो गरिएको थियो । पलान्टिमा सर्लाहीले ५ गोल गरे भने सुनसरीले ४ गोलमात्र गर्न सफल भएको थियो । राजविराज नगरपालिकाको सहयोगमा जिल्ला फुटबल संघ सप्तरीद्वारा संचालित प्रतियोगिताको बुधबारको प्रहिलो सेमिफाईनल खेल बेङखाडी युवा क्लब बर्दिवास महोत्तरी र धनुषा जिल्ला फुटबल टिम जनकपुर विच हुने जिल्ला खेलकुद विकास कार्यालय सप्तरीका प्रमुख दिनेश भुजेलले जानकारी दिए।
महोत्तरीले गुरुधाम फुटबल क्लब गोलबजार सिरहालाई हराएका थिए भने धनुषाले दुधौली स्पोर्ट्स क्लब सिन्धुलीलाई पराजित गारेका थिए । असार १६ सम्म चल्ने प्रतियोगितामा घरेलु टोली सप्तरीसहित, सिरहा, सिन्धुली, सुनसरी बहिरिएको छ भने महोत्तरी, उदयपुर, जनकपुर र सर्लाही टिम बाँकी रहेको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए ।