• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा जनकपुर विजयी

न्यूज टुडे राजविराज, १० असार ।

सप्तरीको राजविराजमा संचालित प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा धनुषा जिल्ला फुटबल संघ जनकपुर विजयी भएको छ । राजविराजस्थित राजरंगशालामा भएको खेलमा दुधौली स्पोर्ट्स क्लब सिन्धुलीलाई ०–५ गोल अन्तरले पराजित गर्दै जनकपुरले जित हाँसिल गरेको हो ।

जनकपुरको तर्फबाट जर्सी नम्बर १५ का दिनेश योन्जनले हाट्रीक गर्दै ३ गोल गरे । यसैगरी जर्सी नम्बर १७ का मनोज तामाङले १ गोल र कप्तान श्यामबाबू क्याप्छाकीले १ गोल गर्दै जित सुनिश्चित गरे ।

राजविराज नगरपालिकाको सहयोगमा जिल्ला फुटबल संघ सप्तरीद्वारा संचालित प्रतियोगिताको सोमबारको खेल सप्तरी जिल्ला फुटबल संघ राजविराज सप्तरी र मलिथम फुटबल क्लब उदयपुर विच हुने जिल्ला खेलकुद विकास कार्यालय सप्तरीका प्रमुख दिनेश भुजेलले जानकारी दिए।

असार १६ सम्म चल्ने प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै महोत्तरी, सिरहा, धनुषा, सिन्धुली, उदयपुर, सुनसरी र सर्लाहीका गरि कुल ८ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए ।