न्यूज टुडे
राजविराज, ९ असार ।
सप्तरीको महादेवा गाउँपालिकामा शनिवार निःशुल्क एक दिने आयुर्वैद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
महादेवा गाउँपालिकाको आयुर्वैद शाखाले कार्यक्रम आयोजना गरेको हो । वडा नम्बर ५ स्थित जनता मा.वि. भगवतपुरमा आयोजित शिविरको एक समारोह विच प्रमुख अतिथी गापा अध्यक्ष सुनिलकुमार मण्डलले आयुर्वैद स्वास्थ्य शिविरको शुभारम्भ गरे । शिविरको उदघाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष मण्डलले विभिन्न खाले विरामीहरुले आयुर्वैदको माध्यमबाट सेवा पाएर लाभान्वित हुने विश्वास ब्यक्त गरे । ५ नम्बर वडाध्यक्ष हरेराम मण्डलको अध्यक्षतामा आयोजित शिवीरमा प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा,डा. शिवशंकर यादव,डा. नन्द कुमार कुशवहा,वडाध्यक्ष जागेश्वर ईसर, जितेन्द्रकुमार साह, मल प्रसेला लगायतकाले मन्तब्य व्यक्त गरे ।
उक्त शिविरमा बात, ग्याष्टीक, पेट रोग,पिसाव रोग, स्त्री रोग, दम लगायत सम्पुर्ण पुरानो रोगका विरामीहरुमा बृद्घ–बृद्घा,महिला,बालबालिका सहित ४ सय २२ जनालाई निशुल्क स्वास्थ्य जाँच गराए । शिविरम निशुल्क औषधी समेत वितरण गरेको आयुर्वैद शाखाका संयोजक जितेन्द्रकुमार साहले जानकारी दिए ।