न्यूज टुडे
राजविराज, २९ जेठ ।
प्रदेश सभा सदस्य मनिस सुमनले राजविराज नगरपालिका ८ स्थित निर्माणाधीन नालाको निरीक्षण गरेको छ ।
आप्mनो संसदीय विकास कोषबाट राजविराजमा निर्माणाधीन नाला निर्माण कार्यको प्रदेशसभा सदस्य सुमनले सोमबार निरीक्षण गरेको हो । प्रदेश सभा सदस्य सुमनको संसदीय विकास कोषबाट राजविराज नगरपालिका ८ स्थित मदननगर ठूलो नालादेखी उत्तर महेन्द्र श्रेष्ठको घरसम्मको नाला निर्माण कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष निलेश कुमारले जानकारी दिए ।
निरीक्षणकोक्रममा राजविराज नगरपालिका ८ का वडा अध्यक्ष जय नारायण मण्डल, प्रदेशसभा सदस्य मनिस सुमनको प्रतिनिधि संतोष प्रसाद साह लगायतका उपस्थिति रहेको उनले बताए ।