• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरी कंचनपुरमा आगलागी, दुई घर जलेर नष्ट

सप्तरी कंचनपुरमा आगलागी, दुई घर जलेर नष्ट

न्यूज टुडे
राजविराज, २६ जेठ ।
सप्तरीको कंचनरुप नगरपालिका ८ कंचनपुर बजारमा शुक्रबार आगलागी भएको छ । आगलागीमा स्थानीय संतोष भगत र अशोक गुप्ताको घर जलेर नष्ट भएको हो ।

आगलागीमा परि ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कंचनरुप नगरपालिका ८ कंचनपुर बजार स्थित शिव मंन्दिर अगाडि बस्ने संतोष भारतीको जस्ता पताको छानो भएको घरमा आचानक आगलागी हुदाँ २५ किलो चामल, भाँडाकुँडा, फर्निचर, घर समेत गरि एक लाख बराबरको क्षति भएको जनाएको छ । आगलागी भगतको एउटा गाईको बाछो समेत जलेर घाईते भएको थियो । यसैगरी सर्वोदय माध्यमिक विद्यालय नजिक बस्ने अशोक गुप्ताको जस्ता पताको छानो भएको घरमा आचानक आगलागी हुदा २ लाख बराबरको क्षतिको जनाएको छ ।

आगलागीको पुर्ण क्षतिको विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगो कंचनरुप नगरपालिका को दमकल, हनुमाननगर कंकालिनि नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासिहरुको सहयोगमा नियन्त्रणमा आएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।