न्यून टुडे
राजविराज, २६ जेठ ।
हयाविट्याट फोर हुमानिटी नेपाल र विभिन्न स्थानीय तहको सहयोगमा महुली सामुदायिक विकास केन्द्रद्वारा संचालित सुरक्षिता आवास कार्यक्रमलाई जिल्ला व्यापी विस्तार गर्नुपर्ने राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएको छ ।
महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा आयोजित जिल्ला स्तरीय परियोजना परामर्श तथा समवन्य बैठकमा बोल्दै बक्ताहरु उक्त जोड दिएका हुन । कार्यक्रममा बोल्दै वक्ताहरुले कम लगानीमा छिटो काम सम्पन्न गरि समयमै लक्षित समुदायलाई हस्तान्तरण गर्न सहज भएकोले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । गरिव, विपन्न, वर्ग र समुदायले सुरक्षित आवास र जग्गाको स्वामित्व पाउने तथा बजेट सहि उपयोग हुने सुनिश्चित देखिएकाले कार्यक्रम प्रभावकारी भएको उनीहरुले बताए । सरकारले आवास निर्माणका विभिन्न योजनाहरु ल्याए तर कुनै सफल भएन, बक्ताहरुले भने, महुली सामुदायिकद्वारा संचालित सुरक्षित आवास कार्यक्रमले सयौं भुमिहिन दलित सुकुम्बासीलाई घर जग्गाको मालिक नै बनाईसके, यस्तो पारदर्शी रुपमा हुने समाजिक विकासको कार्यमा सबैको साथसहयोग अपरिहार्य हुन्छ । उनीहरुले लक्षित समुदायलाई तोकिएको समयसिमा भित्र लाभ उठाउन सक्ने उदारीणिय कार्यक्रम भएकोले यसबाट पाठ सिकेर आफ्नो क्षेत्रमा योजना कार्यान्वयन गर्न आग्रह गरे ।

कार्यक्रम अन्तर्गत लगानी अनुसारको तुरुन्तै प्रतिफल प्राप्त हुने भएको बताउदै सहभागी बक्ताहरुले कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन आ– आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । महुली सामुदायिकको काम गर्ने शैलीबाट प्रसन्नता हुँदै सहभागीहरुले छोटोबाटोबाट परिणामुखि विकास योजना कार्य सम्पन्न गर्न महुली सामुदायिक सक्षम भएपनि कानुनी झन्झट्ले कुनैपनि सरकारले चाहेर पनि यतिछिटो सफलता हाँसिल गर्न नसक्ने बताए । जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा भुमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादव, जिसस उपप्रमुख शम्भु कुमार यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरी, नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद सदस्य बृजमान तामाङ, खानेपानी तथा स्वच्छता आयोजनाका मेल अफिसर निरज गिरि, अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, नापी कार्यालय सप्तरीका प्रमुख नापी अधिकृत शत्रुधन प्रसाद यादव,मालपोत कार्यालय सप्तरीका प्रमुख रामनारायण शर्मा, वासका श्याम चौधरी, डिजिजन वन कार्यालय सप्तरीका साहायक बन अधिकृत मनोज कुमार कर्ण, खानेपानी कार्यालय सप्तरीका सब ईन्जिनियर सियाराम सरदार, शहरी विकास डिभिजन कार्यालयका सव ईन्जिनियर विरेन्द्र कुमार साह लगायतकाले मन्तव्य व्यक्त गरे ।

जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि कार्यक्रम संचालनमा रहेका स्थानीय तहका जनप्रतिनिधि सहभागी बैठकको सहजीकरण ह्याविट्याट फोर ह्य्मानिटी नेपालका प्रोजेक्ट कोर्डिनेटर सैयद मो. नासिम सरवर, खानेपानी तथा स्वच्छता परियोजनाका प्रताप श्रेष्ठ र महुली सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य महुली सामुदायिक विकास केन्द्रका कार्यकारी सचिब एवम निर्देशक प्रभुनारायण चौधरीले व्यक्त गरे । ह्यामिट्याट नेपाल र स्थानीय तहको सहयोगमा महुली सामुदायिकले विभिन्न स्थानीय तहमा गरि हालसम्म सढे ६ सय परिवारलाई सुरक्षित आवास निर्माण गरि हस्तान्तरण गरिसकेको छन् भने चालू अर्थिक बर्षमा सप्तकोशी नगरपालिका, अग्नीसाईर कृष्णासवरन गाउँपालिका र शभुनाथ नगरपालिकाको विभिन्न वडामा सुरक्षित आवास निर्माणको कार्य संचालनमा रहेको महुली सामुदायिकका अध्यक्ष श्यामकान्त चौधरीले जानकारी दिए ।