न्युज टुडे
राजविराज, २४ जेठ ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीको अगुवाइमा मोतियाविन्दु भएका ग्रामीण भेगका विपन्न समुदायका आँखा रोगिहरुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
ग्रामीण क्षेत्रमा अन्धोपन न्यूनीकरणको लागि शिविर संचालन गर्दै आएको संस्थाले सगरमाथा चौधरी आँखा अस्पताल लहानसँग समन्वय गरी निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको हो । संस्थाले विपन्न समुदायलाई लक्षित गरी पटक–पटक शिविर संचालन गर्दै आएको छ । गत जेठ १७ गते छिन्नमस्ता गाउँपालिका ३ स्थित सखडामा संचालित शिविरमा सप्तरीको बिभिन्न पालिकाहरुका साथै भारतको विहार राज्यको मधुबनी र सुपौल जिल्लाको आँखाका विरामीहरुले आँखा जाँच गराएका थिए ।
शिविरबाट खास गरी दलित र आर्थिक रूपले विपन्न वर्ग लाभान्वित भएको धर्मिहल्फा महिला विकास कल्व सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले जानकारी दिए । शिविरमा आँखा र कानको बिरामीहरुको चेक जाँच गरिनुको साथै मोतियाविन्दुका बिरामीहरुको निःशुल्क अपरेशनको व्यवस्था मिलाएको उनले जानकारी दिए ।
शिविरहरुबाट हालसम्म हजारौ आँखाका विरामीहरूको चेकजाँच गरिनुको साथै सयौं मोतियाबिन्दूका बिरामीहरुको निःशुल्क अपरेशन गरिएको संस्थाका अध्यक्ष यादवले जानकारी दिए ।यसैक्रममा यस संस्थाले नवौं पटक २०८० जेठ १७ गते छिन्नमस्ता गाउपालिकासँग समन्वय गरी सखडामा निःशुल्क शिविर संचालन गरेका थिए । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका डा. राज कुमार यादवको नेतृत्वको चिकित्सकहरुद्वारा २ सय २५ जना आँखा तथा का विरामीहरूले जाँच गराएको थियो ।
जाँचको क्रममा ७० जना मोतियाबिन्दू बिरामीहरु फेला परेका थिए । मोतियाविन्दुका बिरामीहरुलाई उपचारको लागि गत जेठ १७ र १९ गते अस्पताल भर्ना गरिएको संस्थाको अध्यक्ष यादवले जानकारी दिए । मोतियाविन्दु भएका सम्पूर्ण आँखा रोगीहरुको अपरेशन भई घर फिर्ता भएको उनले जानकारी दिए ।