• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

जगमोहनका ३० बर्षिय सरदार ससुरालीमा मृत भेटियो

न्यूज टुडे
राजविराज, २३ जेठ ।
सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहनका एक युवकको शव शम्भुनाथ नगरपालिका ४ सिरकजरीमा मंगलबार फेला परेको छ ।

बुधन सरदारको छोरा वर्ष ३० को पन्चु सरदारको शव आफै ससुरालीमा झुन्डिएको अवस्थामा फेला परेको हो । सप्तरी शम्भुनाथ नगरपालिका ४ सिरकजरी टोल बस्ने (ससुरा) राम सोभित सरदारको घरको सुत्ने कोठामा बासको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । विहान०७ः४५ बजे ईप्रका रुपनी सप्तरीमा खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय रुपनीबाट टोली खटी घटना स्थल सुरक्षित राखि अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट टोलि गई मुचुल्का सहित अन्य अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए । सरदारको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएको तथा घटना बारे थप अनुसन्धान अगाडि बढाएको उनले बताए ।