• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

जसपा बिधान अधिवेशन प्रचारप्रसार उपसमितिमा साह मनोनीत

जसपा बिधान अधिवेशन प्रचारप्रसार उपसमितिमा साह मनोनीत

न्यूज टुडे
राजविराज, २२ जेठ ।
जनता समाजवादी पार्टी नेपाल विधान अधिबेशन प्रचारप्रसार उपसमिति सदस्यमा सप्तरीको डाक्नेश्वरी नगरपालिका –८ का उपेन्द्र प्रसाद साह चयन भएको छ ।

उपसमितिका संयोजक अर्जुन थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले साहलाई सदस्यमा मनोनीत गरेको हो । साह जनता समाजवादी पार्टी सप्तरीको पुर्व उपसचिव तथा प्रतिनिधि तथा प्रदेशसभा सदस्य प्रचार–प्रसार डेस्क सप्तरीका संयोजक हुन । जसपा प्रथम विधान अधिबेशन प्रचारप्रसार उपसमितिको उपसंयोजकमा न्हुच्छेलाल महर्जनलाई चयन गरेको छ ।
सदस्यहरुमा महेश चौरसिया, सिताराम साह, योगेन्द्र यादव, पबन राय, विनोद कुमार विश्वकर्मा, सुरेश मण्डल, पासाङ शेर्पा, धनेश्वर साह, अर्जुन लम्साल, दुर्गामणी सुवेदी, ओमकृष्ण श्रेष्ठ, मनिकर कार्की, विश्वसंदिप तिलेगा रहेका छन् । आमान्त्रीतहरुमा जसपा प्रबक्ता मनिस सुमन र पुर्ण बहादुर बस्नेत चयन भएको प्रचारप्रसार उपसमितिका संयोजक थापाले जानकारी दिए ।

जसपाको विधान अधिबेशन असार १०,११ र १२ गते काठमाडौको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।