• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

विपदको असहज परिस्थिति सिर्जना हुन नदिन प्रभावकारी तयारी गर्छौः चौधरी

विपदको असहज परिस्थिति सिर्जना हुन नदिन प्रभावकारी तयारी गर्छौः चौधरी

न्यूज टुडे
राजविराज, १९ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरीले दैवी प्रकोप तथा त्यस पश्चात उत्पन्न हुने बिपदको असहज परस्थिती सिर्जना हुन नदिन प्रभावकारी तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

राजबिराज स्थित होटल बालजीको सभा हलमा संचालित २ दिने आपतकालिन योजना तर्जुमा गोष्ठी कार्यक्रमको शुक्रवार समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले विपदको जोखिम न्यूनीकरण गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनले दैवि प्रकोप तथा त्यसबाट हुने विपदको असहज परिस्थिति सिर्जना हुन नदिन व्यवस्थापन र तयारी प्रभावकारी हुनुपर्नेमा जोड दिए । अध्यक्ष चौधरीले विपदबाट क्षति हुन नदिने कार्यमा जुट्न सहभागीहरुलाई आग्रह गरे । छिन्नमस्ता गाउँपालिकाको आयोजना तथा बिश्व खाद्य कार्यक्रम (डब्लुएफपि) र अष्ट्रेलियन एडको संयुक्त आयोजनामा संचालित गोष्ठीमा प्रमुख प्रशिक्षक डबुलुएफपिका कृष्ण माझी र मुरारी शुक्लाले विपद जोखिम पुर्वानुमानमा आधारित अग्रिम कार्य सहित बन्दोबस्ती क्षमता लेखाजोखा बारे बिभिन्न बिषयमाथी प्रकाश पारे ।

उनीहरुले विपद जोखिम न्यूनीकरणका लागि हुने अग्रिम तयारी प्रभावकारी कार्यान्वयन सरोकारवालाहरुलाई आग्रह गरे । अध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष राजो देवी यादवलगायतका वडा अध्यक्षहरु पालिक र वडा स्तरीय बिपद व्यवस्थापन समितिका सदस्यहरु, सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गाउँपालिकाको बिपद सम्पर्क व्यक्ति संतोष कुमार रायद्वारा संचालित कार्यक्रमको सहजीकरण ड्ब्लुएफसीका अश्विनी यादवले गरे ।