• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

तिलाठी कोइलाडी गाउँपालिकामा पशु सेवा स्तरीय ३ दिने तालिम सम्पन्न

तिलाठी कोइलाडी गाउँपालिकामा पशु सेवा स्तरीय ३ दिने तालिम सम्पन्न

न्यूज टुडे
राजविराज, १९ जेठ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाद्वारा संचालित पालिका स्तरीय ३ दिने पशुसेवा तालिम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा शुक्रबार आयोजित एक समारोहका विच तालिम समापन गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ अबस्थित राधा देवी कैलु सिंह राष्ट्रिय प्राथमिक विद्यालय कोईलाडीमा आयोजित पशुसेवा तालिममा गाउँपालिकाका विभिन्न वडाबाट तीनजना गरि २४ जाना तालिममा सहभागी रहेको थियो । तालिममा भैसी पालन, वाख्रापालन , गाईपालन सम्वन्धि विभिन्न प्रकारका अति आबश्यक जानकारी दिईएको तालिममा सहभागीहरुले बताए ।

तालिममा गोठ कसरी निर्मण गर्ने, सिजन अनुसारको घाँस कसरी उत्पादन गर्ने वा लगाउनेलगायत अतिमहत्वपुर्ण विषयमा जानकारी गराएको उनीहरुले बताए । तालिममा बाख्राको लागि गोठ निर्माण गर्दा उत्तर र दक्षिण दिशामा गोठ बनाउदा उपयुक्त हुन्छ, एक सहभागीले भने, बाख्रापालन तीन प्रकारले गर्नसकिन्छ बाख्रा गोठ निर्माण गर्दा कम्तीमा चार – चारमिटरको लम्बाई , चौडाईभएको गोठ निर्माण गर्दा उपुक्त हुन्छ भन्ने लगायतका अति उपयोगी ज्ञान प्राप्त भएको सहभागीहरुले जानकारी दिए । तालिमको प्रशिक्षण शाखाका प्राविधिक सहायक रुपेश कुमार चौधरीले र पशुशाखाका प्रमुख बद्री नारायण मण्डलले गरेका थिए ।