• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

विद्यालयलाई राजनीतिक अखडा बनाउनु हुदैनः अध्यक्ष यादव

विद्यालयलाई राजनीतिक अखडा बनाउनु हुदैनः अध्यक्ष यादव

न्यूज टुडे
राजविराज, १९ जेठ ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले विद्यालयलाई राजनीतिक अखडा बनाउनु नहुने बताएका छन् ।

विष्णुपुर गाउँपालिका १ स्थित रहेको जनता प्रविधिक माध्यमिक विद्यालय खुरहुरियाद्वारा शुक्रबार आयोजित अभिभावक भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विगतको तुलनामा मवि खुरहुरियाको शैक्षिक तथा भौतिक अबस्थामा लथालिङ्ग भएको बताए । एक समय मावि खुरहुरीया जिल्लाकै नमुनाको रुपमा थिए, अध्यक्ष यादवले भने, गुणस्तरीय शिक्षा आर्जन गर्न पाउदा जिल्लाका मात्र नभएर बाहिरको जिल्लाबाट ठुलोसंख्यामा विद्यार्थी भर्ना हुन घुईचो लाग्ने गरेको ईतिहास जस्तो लाग्न थालेको छ । अध्यक्ष यादवले माफियाहरुको कारण विष्णुपुर गाउँपालिकाको शैक्षिक अवस्था खस्किदै गएको जिकिर गरे । विद्यालयमा राजनीतिकरण अति भयो, कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष यादवले भने, आफ्नो स्वार्थ पूरा नभए माफियाको साहारा लिएर शिक्षकहरु तालतमसा देखाउछ ।

अभिभावक भेलामा मन्चासिन प्रमुख अतिथि अतिथि अध्यक्ष यादवसहित गणहरु । फोटोः न्यूज टुडे

यादवले शिक्षक महासंघको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै माफियाको संगठनको संज्ञा दिए । विद्यालयको अबस्थामा बुझ्न अनुगमनलाई तिब्रता दिएको छु, उनले भने, अनुगमनका क्रममा भेटिएको त्रुटिलाई सच्चाउन स्पष्टीकरण सोधिएको छ तर गलत शिक्षकको संरक्षणमा शिक्षक महासंघ खुलेर लागेको छ । अध्यक्ष यादवले मावि खुरहुरैयाका शिक्षक सुनिल यादव र दिनेश प्रसाद शरणलाई स्पष्टीकरण रोधेको विषयलाई लिएर शिक्षकहरु आन्दोलनमा जानू दुर्भाग्यपूर्ण भएको बताए । उनले शिक्षकहरुको रबैयामा सुधार नआए गाउँपालिकाले आफै शिक्षक नियुक्त गरि विद्यालय संचालन गर्न सक्षम रहेको बताए । उनले आन्दोलनको बाहानामा बालबालिकाको भविष्यमाथी खेलवाड गर्ने छुट शिक्षकहरुलाई नभएको उल्लेख गरे । अध्यक्ष यादवले विद्यालयमा राजनीति गरि शैक्षिक अवस्था अस्तव्यस्त गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । विद्यालयलाई कुनै बाहानामा राजनीति अखडा बनाएर विद्यार्थीको भविष्यमाथी खेलवाड गर्न नहुने उनको भनाई थियो । उनले विद्यालयलाई राजनीतिक गर्ने प्रयास भए सहय नहुने बताए ।  उनले अभिभावक भेलाबाट सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन गर्न आग्रह गरे । विद्यालयको पुरानो साख फर्काउन गाउँपालिका जस्तोसुकै सहयोग गर्न तत्पर रहेको उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

विद्यालयद्वारा आयोजित भेलामा सहभागी अभिभावकहरु । फोटोः न्यूज टुडे

प्रधानाध्यापक अशोक कुमार यादवले विद्यालय व्यवस्थापन समिति गठन नहुदा विद्यालयको सम्पुर्ण विकासिय कार्यहरु ठप्प भएको बताए । विद्यालयमा बालबालिकाहरुलाई खाजासम्म्को व्यवस्था गर्न सकिएको छैन, प्रधानाध्यापक यादवले भने, बालबालिकाहरुले खाज दिनु भन्दा नसक्दा आँख रसाउने गरेको छ । उनले विवादलाई थाती राखेर विद्यालय समग्र विकासमा एकताबद्व भएर अगाडि बढ्न अभिभावकहरुलाई आग्रह गरे । विष्णुपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम यादवको अध्यक्षतामा आयोजित अभिभावक भेलमा पुर्व प्रधानाध्यापक रामनारायण यादव, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश यादव, अभिभावक विष्णुकान्त यादव लगायतकाले समेत मन्तव्य व्यक्त गरे । कार्यक्रमको संचालन शिक्षक महिनारायण यादवले गरेका थिए ।

उक्त विद्यालयमा ४ बर्षदेखी व्यवस्थापन समिती विहिन छ्न । विद्यालय व्यवस्थापन समिति गठन नहुदा सम्पुर्ण विकास निर्माणसहितका सरकारी सहयोग ठप्प रहेको छ ।