न्यूज टुडे
राजविराज, १८ जेठ ।
गर्मी बढेपछि सप्तरीको राजविराज नगरपालिकाकाले विद्यालयहरुमा ५ दिने सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै जेठ १९ गतेदेखि २३ गतेसम्म विदा दिएको जनाएको हो । अत्याधिक तापक्रम बढेकोले ५ दिन सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जारी सूचनामा उल्लेख छ । भोलीदेखि जेठ २३ गतेसम्म वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने राजविराज नगरपालिकाकि कार्यबाहक नगर प्रमुख इसरत परविनले जारी गरेको सूचनामा जनाएको छ ।
सूचना वर्षे विदाबाट कट्टा हुनेगरी विद्यालयहरु बन्द रहने जनाएको छ । विगत केही दिनदेखि तराई मधेशका जिल्लाहरुमा २८ देखि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।