न्यूज टुडे
राजविराज, १८ जेठ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ७ मा अबस्थित लक्ष्मी वल्भ नरसिंह माध्यमिक विधालय बभनगामा कट्टीको भवन निर्माण कार्यले पुर्णता नपाउदा विद्यार्थीहरु सास्ती खेप्न बाध्य भएका छन् ।
भवन निर्माणको कार्य अधुरो हुदा विद्यालयमा कक्षाकोठाको चरम समस्या भएको हो । २०७५ ÷ ०७६ सालमा निर्माण थालिएको भबन अहिले सम्म पूर्णरुपमा निर्माण हुन नसकेको स्थानीयले स्थानीयले जनाएको छ । भवन निर्माण कार्य अधुरो छोडिदा विद्यार्थीलाई कक्षा कोठाको अभाव हुने गरेको विद्यालयका शिक्षकहरु बताउँछन् । कक्षाकोठाको अभावले विधार्थीहरुको संख्यामा कमि हुँदै गएको उनीहरुले जानकारी दिए । बिद्यालयमा भवन निर्वाणका कार्यका लागि जनता समाजवादी पार्टीका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य उपेन्द्र यादबको संसदीय विकास कोषबाट २ करोड बजेट विनियोजन गरि निर्माण कार्य संचालनमा रहि पुर्णता नपाउदा कक्षाकोठाको समस्या भएको विधालयका मावि शिक्षक मदन प्रसाद देवले बताए ।
भबन निर्माणका लागी गाउँपालिकाले समेत १९ लाख ७२ हजार छुटयाएको भएतापनि भबनमा पिलर र छतसम्म मात्र निर्माण भएको छ, उनले भने, नत पर्खाल जोडिएको छ नत झ्याल, ढोका छ , विद्यार्थीलाई भुईमा पढाउन बाध्य भईरहेको अबस्था छ । विधालयमा बाउन्डरी बाल नभएकै करण चारैतिरबाट गाई , भैसी, बाख्रा लगायतका पशु चौपायाले पठनपाठनमा समस्या झेल्नु परेको विद्यालयका कार्यालय सहयोगी राजदेब मण्डलले बताए । विद्यालयमा नामको बिकास मात्र भएको छ कामचाही सबै अधुरो रहेको विधालयको प्रधानाध्यापक विपिन कुमार झाले बताए ।
यतिमात्रै हैन प्राविधिक शिक्षा भेटनरीको लागी निर्माण गरिएको भबनको तेस्रोतालामा नत झ्याल छ । नत ढोकालागेको छ, प्रधानाध्यापक झाले भने, विद्यालयद्वरा गापा अध्यक्ष लाई बारम्बार अनुरोध गरेपनि केहि चासो देखाएको छैन र सम्बन्धित वडामा पनि जानकारी गराए तर कसैले अधुरो भबनको पूरा गर्ने चासो देखाएको छैन । कक्षा ९ र १० मा विधार्थीको संख्या १ सय ५० रहेकोले एउटै कक्षाकोठामा पढाउन शिक्षकलाई पनि धेरै समस्या विद्यालयका माबि शिक्षक विनोद झाले बताए ।
अगाडीको विद्यार्थीले शिक्षकले पढाएको कुरा बुझेपनि पछाडिको विद्यार्थीले शिक्षकले पढाएको कुरा सुन्दैन, झाले भने, धेरै विद्यार्थी उपस्थिति हुने गरेकाले कक्षाकोठाको चरम अभाबले पठनपाठन प्रभावित हुने गरेको छ । कक्षा कोठाको अभावले विद्यार्थीले सास्ती खेप्दा समेत सरोकारवाला निकायको ध्यानाकर्षण हुन नसकेको उनले गुनासो गरे ।