• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

लोसपाद्वारा विभिन्न २० बुंदे माग राखी बुझायो राजविराज नगरपालिकालाई ज्ञापनपत्र

लोसपाद्वारा विभिन्न २० बुंदे माग राखी बुझायो राजविराज नगरपालिकालाई ज्ञापनपत्र

न्यूज टुडे
राजविराज, १८ जेठ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विभिन्न २० बुंदे माँग राखी राजविराज नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नगर संयोजक दिपेन्द्र कुमार चौधरीको नेतृत्वमा गएको नेताकार्यकर्ताले बिहिवार कार्यबाहक नगरप्रमुख इसरत परविनलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नगरपालिकाको ज्वलन्त समस्याहरुको बारेमा २० वटा प्रश्न गरेको छ । कार्यवाहक नगरप्रमुख परविनलाई बुझाएको ज्ञापनपत्रमा राजविराज नगरपालिकामा रहेको लामखुट्टेको समस्यादेखि अस्तव्यस्त रहेको बसपार्क, हटिया निर्माण, सार्वजनिक सौचालय लगायतका स्थानीयसँग प्रत्यक्ष सरोकार राख्ने बिषयका २० प्रश्नसहतिको ज्ञापन पत्र बुझाएको लोसपा नेता एवम राजविराज नगरपालिकाका पुर्व नगर प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

नगरवासीको ज्वलन्त समस्याहरु तथा राजविराज नगरपालिकाले गरेको कार्यको प्रगति विवरण अबिलम्ब सार्वजनिक गर्न लोसपाद्वारा बुझाएको ज्ञापनपत्रमा माग गरेकाको छ ।