• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ठक्करबाट ३५ बर्षिय महिला गम्भीर घाइते

न्यूज टुडे
राजविराज,१८ जेठ ।
राजविराज – कंचनपुर हुलाकी सडक खण्ड अन्तर्गत सप्तरीको महदेवा गाउँपालिका १ चिम्टी चौकमा बिहीबार स्कुटीको ठक्करबाट एक महिला गम्भीर घाईते भएकी छिन् ।

दुर्घटनामा सप्तरी महदेवा गाउँपालिका ४ प्रसाही टोल बस्ने लक्ष्मण मुखियाको श्रीमती बर्ष ३५ की रतिकाला मुखिया घाईते भएकी हुन । पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३९ प ६७२७ नम्बरको स्कुटीले सोही दिशा तर्फ जादै गरेको साईकल यात्री मुखियालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा शरिरको बिभिन्न भागमा चोट लागि गम्भीर घाइते मुखियाको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको जिल्ला प्रहरी कर्यालय सप्तरीले जनाएको छ ।

ठक्कर दिने स्कुटि र स्कुटि चालक सप्तरी सप्तकोशी नगरपालिका ९ कमलपुर बस्ने बर्ष ५२ को योगेन्द्र कुमार झालाई नियन्त्रणमा लिई घटना वारे थप अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।