• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

बर्तमान राजनीतिक उपलब्धि जसपाको अगुवाईमा प्राप्त भएको होः उपेन्द्र

बर्तमान राजनीतिक उपलब्धि जसपाको अगुवाईमा प्राप्त भएको होः उपेन्द्र

न्यूज टुडे
राजविराज, १८ जेठ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा नागरिककता विधेयक, रेशमलाल चौधरीको रिहाई लगायतका बर्तमान राजनीतिक उपलब्धि जसपाको अगुवाइमा भएको दावी गरेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा बिहिवार आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले न्याय पाउनु कुनै अनौठो कुरा नभएको बताए । संघीयता, समावेशी प्रतिनिधित्व, नागरिकता विधेयक राष्ट्रपतिद्वारा स्वीकृत,रेशम चौधरीको रिहाई जस्ता उपलब्धिहरू जसपा नेपालको बिशेष पहलकदमीबाट सम्भव भएको उनले दाबी गरे । यादवले पहिचान, प्रतिनिधित्व र अधिकार प्राप्तिको संघर्ष जारी  रहेकोले उत्पीडित समुदायहरु एकताबद्व हुनुपर्ने आबश्यकता औलाए ।

हनुमाननगर कंकालिनी नगरपालिका १ का वडा अध्यक्ष गजेन्द्र प्रसाद माझीको अध्यक्षतामा सम्पन्न भएको स्वागत तथा सम्मान कार्यक्रममा राजनीतिक समिति सदस्य जगदेव यादव, केन्द्रीय सदस्य बिकाश तिवारी, संघीय परिषद सदस्य श्यामदेव यादव, प्रदेश मुख्य सचिव दिनेश यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जिल्ला सह इन्चार्ज छेदि अरगरिया, प्रदेश समिति सदस्य परशुराम यादव लगायत जिल्ला, पालिका र वाडा तहका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश समन्वय समितिका अध्यक्ष जितेन्द्र खड्गाद्वारा संचालित कार्यक्रममा स्वागत जिल्ला उप सचिव निलेश कुमार झाले गरे । उक्त अवसरमा अध्यक्ष यादवले कंकालिनी भगवतीको पुजा आजा समेत गरेका थिए ।