• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

न्यूज टुडेका कार्यकारी सम्पादक तामाङसहित दर्जनौं व्यक्ति सम्मानित

न्यूज टुडेका कार्यकारी सम्पादक तामाङसहित दर्जनौं व्यक्ति सम्मानित

न्यूज टुडे
राजविराज, १७ जेठ ।
कम्प्याक्ट कम्युकेशन प्रलि राजविराजद्वारा प्रकाशित न्यूज टुडे दैनिक पत्रिका तथा अनलाइनका कार्यकारी सम्पादक बृजमान तामाङसहित दर्जनौं व्यक्ति सम्मानित भएका छन् ।

डा. यादवलाई सम्मान गर्दै क्लबका अध्यक्ष सामाजसेवी इन्जिनियर सुर्य नारायण यादव । फोटोः न्यूज टुडे

धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा सप्तरीको छिन्नामस्ता गाउँपालिका ३ सखडामा बुधबार आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान गरेका हुन । क्लवद्वारा आयोजित आँखा तथा काम शिविरको अबसरमा न्युज टुडेका कार्यकारी सम्पादक तामाङ, राजधानी दैनिक तथा सगरमाथा टेलिभिजनका मनोज माझी, पुर्व मुख्य निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादव, सौभाग्य कृषी सहकारी संस्थाका अध्यक्ष प्रमोद कुमार मण्डल, वडा नम्बर ४ का वडा सचिब शिवजी कुमार मण्डल, सामाजिक सेवा ईकाई प्रमुख सुर्यकान्त झालगायतका व्यक्ति सम्मानित भएको थियो ।

र्मिहल्फाद्वारा आयोजित सम्मान कार्यक्रममा सहभागी सम्मानित व्यक्तिहरु । फोटोः न्यूज टुडे

उनिहरुलाई संस्थाको तर्फबाट सम्मान पत्रद्वारा सम्मान सम्मानित गरिएको आयोजकले जनाएको छ । गरिव, विपन्न समुदाय र विपदबाट पिडितको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याएकोले उनिहरुलाई सम्मान गरेको क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवले जानकारी दिए ।