न्यूज टुडे
राजविराज, १७ जेठ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम पुर्व कानुन मन्त्री राज कुमार लेखीले आफ्ना निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरुमा छ्ड्के अनुगमन गरेका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका र कंचनरुप नगरपालिकाको विभिन्न सामुदायिक विद्यालय तथा क्याम्पसको अनुगमन गर्दै अवस्था र समस्याबारे जानकारी लिएका हुन । लेखीले विभिन्न विद्यालाय पुगेर विद्यालयमा विद्यार्थी संख्या, पुर्वधारहरु, शिक्षकहरुको अवस्था र विद्यालयका समस्या सम्बन्धि विद्यालय प्रशासन, शिक्षक विद्यार्थीहरुसंग छलफल गरे । उनले विद्यालयमा विद्यार्थी, शिक्षक, अभिभावकहरुको कमिकमजोरी पहिचान गरि समस्याको निकास खोज्नेतर्फ आफै अग्रसर हुन आग्रह गरे ।

सामुदायिक विद्यालयहरुमा पठनपाठन गुणस्तरीय हुनुपर्छ, विद्यालय प्रशासनसंग छलफल गर्दै लेखीले भने, विद्यालयलाई राम्रो बनाउने र गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला आफै मर्यादित हुनु जरुरी छ । उनले विद्यालयको चौतर्फी विकासका लागि विद्यालय प्रशासनको भुमिका अपरिहार्य हुने बताए । शिक्षा विकासको मुल आधार भएको बताउदै पुर्वमन्त्री लेखीले शिक्षा क्षेत्रमा जिम्मेवारीबाट पन्छिने कसैलाई छुट नहुने भएकोले सबैलाई ईमानदारपुर्वक कर्तव्य निर्वाह गर्न आग्रह गरे । लेखीले गोबर्धन जनता क्याम्पस फत्तेपुर, राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुर, राष्ट्रिय आधारभुत विद्यालय कमलपुर र नन्दराज संग्रौला क्याम्पस रुपनगर लगायतका सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) अन्तर्गतका विभिन्न विद्यालयहरुको अध्यन अनुगमन गरे ।
उनले विद्यालयमा भएको आबश्यकता र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा र व्यवस्थित पुर्वाधार निर्माणबारे आबश्यक सुझाव, सल्लाह संकलन गर्न निरन्तर रुपमा विद्यालयको अध्यान अनुगमन कार्यलाई अगाडि बढाएको उनले जानकारी दिए ।