• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

धर्मिहल्फाद्वारा निःशुल्क आँखा तथा कान शिविर संचालन, २ सय २५ जनाको परिक्षण गर्दा ७० जनामा मोतियाविन्दु

धर्मिहल्फाद्वारा निःशुल्क आँखा तथा कान शिविर संचालन, २ सय २५ जनाको परिक्षण गर्दा ७० जनामा मोतियाविन्दु

न्यूज टुडे
राजविराज, १७ जेठ ।
सप्तरीको छिन्नामस्ता गाउँपालिका वडा नम्बर ३ सखडामा बुधबार संचालित निशुल्क स्वास्थ्य शिवीरमा जाँच गराउन आएका आँखाका २ सय २५ विरामी मध्ये ७० जनामा मोतिया विन्दु रोग फेला परेको छ । धर्मीहल्फा महिला विकास क्लब सप्तरीको आयोजना, सिविएम नामक संस्थाको समन्वय तथा नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधीक सहयोगमा संचालित आँखा शिवरमा उक्त मोतिया विन्दुको समस्या देखिएको हो । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजना गरीएको एक दिने निशुल्क आँखा तथा कान जाँच उपचार शिवीरमा जचाउन आएका आँखाका २ सय २५ विरामी मध्ये ७० जनामा मोतिया विन्दुको समस्या देखिएको शिवीरमा चिकित्सक टोलीको नेतृत्व गरेका चौधरी आँखा अस्पतालमा नेत्र रोग विशेषज्ञ डा.राज कुमार यादवले बताए । यस अघि जिल्लाको विभिन्न पालिकामा एक दिने निशुल्क आँखा स्वास्थ्य उपचार शिवीर चलाइएकोमा पहिलो पल्ट यति ठूलो संख्यामा मोतिया विन्दुका विरामी फेला परेको उनले जानकारी दिए ।

आखा रोगिको जाँच गर्दै रेणु बम्जन । फोटोः न्यूज टुडे

शिवीरमा उनका साथै रेणु बम्जन, संजय कुमार कर्ण, विरेन्द्र कुमार साह, रेणु यादव, निक्की यादव, हिरालाल दास, अजय तामा· लगायत आठ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिवीरमा सिमावर्ती भारतीय बजारबाट समेत उल्लेख्य संख्यामा आँखा र कानका विरामी जचाउँन आएको आयोजक संस्थाका अध्यक्ष इन्जिनीयर सुर्य नारायण यादवले बताए । शिवीरमा परिक्षणको क्रममा मोतिया विन्दु पुष्टि भएका ७० जनालाई लहान स्थित चौधरी आँखा अस्पालमा लगी निशुल्क उपचार र शल्यक्रिया गरिने तयारी गरिएको अध्यक्ष यादवले जानकारी दिए । शिवीरमा कानका १ सय २ जना विरामीले समेत उपचार सेवा प्राप्त गरेका छन् । शिवीरमा महिला सेवाग्राहीलाई लक्षित गरी महिला स्वास्थ्यकर्मीको व्यवस्था समेत मिलाइएकाले उपचारमा आएका मध्ये महिला विरामीको संख्या बढी देखिएको शिवीरस्थल छिन्नमस्ता–भुपेन्द्र संस्कृत माविका प्रध्यानाध्यापक रामेश्वर यादवले बताए । शिवीरको पुर्व प्रमुख निर्वाचन आयु्क्त डा.अयोधी प्रसाद यादवले उदघाटन गरे । समाजिक क्षेत्रमा क्रियाशिल धर्मीहल्फा महिला विकास क्लबले यस अघि पनि जिल्लाको विभिन्न पालिकामा निशुल्क आँखा शिवीर संचालन गरीसकेको छ ।

रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिब विपन्न परिवारलाई लक्षित गरी शिवीरको आयोजना गरीएको र यो क्रमलाई भविष्यमा पनि निरन्तरता दिने योजना रहेको अध्यक्ष यादवको बताए ।