न्यूज टुडे
राजविराज, १७ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णसावरन गाउँपालिका ३ मटिगढामा एक युवकको शव झुन्डिएको अबस्थामा फेला परेको छ ।
स्थानीय डम्बर चौधरीको छोरा बर्ष १८ को ललित कुमार चौधरीको शव झुन्डिएको अबस्थामा फेला परेको हो । आफ्नै घरको बासको बलोमा झुलले बेरेको डोरीको पासो लगाई झुण्डि मृत्यु भएको अबस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ । युवक झुन्डिएको खबर स्थानियले गरेपछि प्रहरी पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ ।
युवक शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।