• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

माबि नर्घाेको विद्यालय व्यवस्थापन समिति गठन

माबि नर्घाेको विद्यालय व्यवस्थापन समिति गठन

न्यूज टुडे
राजबिराज, १६ जेठ ।
सप्तरीको राजगढ गाउपालिका ३ स्थित रहेको जनता शंकर माध्यमिक विधालय नर्घाेमा मंगलबार विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

विद्यालय ब्यबस्थापन समितिको बैठकले बिरेन्द्र यादबको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गरेको हो । बैठकले दुई जना मनोनित सदस्य चयन गरेपछि ७ सदस्यीय बिद्यालय ब्यबस्थापन समिति बनेको जनाएको छ । जेष्ठ सदस्य बिरेन्द्र यादबको अध्यक्षतामा निर्वाचित सदस्यहरूको बैठकले महिला तर्फ बिधालयका प्रमुख चन्दादाता कपुरदेवी यादब र स्थानिय बृद्विजिवी तर्फवाट प्रताप बिश्वकर्मा मनोनित गर्ने निर्णय गरेको अध्यक्ष यादवले बताए ।

गत जेष्ठ ७ गते सम्पन्न बिधालय ब्यबस्थापन समितिको निर्वाचनमा ४ जना सदस्यहरू निर्वाचित भएका थिए भने मंगलवार दुई जना सदस्य मनोनित भएपछि ब्यबस्थापन समिति पुर्णता पाएको उनले जानकारी दिए । अध्यक्ष यादबको नेतृत्वका सदस्यहरुमा राजदेव यादब,रेणुदेबी मण्डल, बतही देवी कुर्मैन, कपुरदेवी यादब, प्रताप बिश्वकर्मा रहेका छन भने सदस्य सचिवमा बिधालयका प्रधानाध्यापक रबिन्द्र साह रहेका छन। नवगठित सहितका पदाधिकारीलाई शपथ ग्रहण गरिएको छ।

राजगढ गाउपालिका वडा ३ का वडा अध्यक्ष बासो देबी यादबको अध्यक्षतामा आयोजित शपद ग्रहण कार्यक्रममा गाउपालिका उपाध्यक्ष रेणु देबी मण्डल, शिक्षा अधिकृत रामभगत मण्डल, बिधार्थी नेता शम्भु यादब, भुपु गाबिस अध्यक्ष मुशहरु यादब,बिरेन्द्र यादब,पुर्व वडा अध्यक्ष ललित सिंह लगायतले शुभकामना मन्तब्य व्यक्त गरे । बिधालयका प्राधानाध्यापक रबिन्द्र साहले स्वागत मन्तव्य व्यक्त गरे ।

उक्त अवसरमा वडा अध्यक्ष बासो देवी यादबले बिधालयलाई तत्काल ५० वटा बेन्च डेस्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन ।