• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा सर्वदलीय सुधार सुझाव संघर्ष समिति गठन

अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा सर्वदलीय सुधार सुझाव संघर्ष समिति गठन

न्यूज टुडे
राजविराज, १५ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा सोमबार पालिका स्तरीय सर्वदलीय सुधार सुझाव संघर्ष समिती गठन गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टी सप्तरीका उपाध्यक्ष महावीर प्रसाद चौधरीको अध्यक्षमा आयोजित सर्वदलीय बैठकले अरुण कुमार चौधरीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरेको हो । गठित समितीको सचिबमा मिलन चौधरी चयन भएका छ्न । गठित समितिको सदस्यहरुमा शम्भु प्रसाद चौधरी, बेचन खंग, सुर्यमान तामाङ, मिना चौधरी, ललकु सदा, दुर्गानन्द चौधरी, रामलाल सरदार, दयानन्द मण्डल, दिनेश कुमार साह, रविन्द्र नारायण जोशी, सुरेश कुमार चौधरी, चयन भएका छन् । बैठकले पालिकामा भएको बेतिथी, अनियमितता र भ्रष्टाचारको पहिचान गर्दै सुधार गर्न सुझावका लागि खबरदारी गर्ने उदेश्यले संघर्ष समिती गठन गरेको नेकपा एसका भवानी प्रसाद चौधरीले जानकारी दिए ।

बैठकमा नेकपा एमाले, नेपाली कंग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगायतका राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकपछि रेशम लाल चौधरीको रिहाईको खुशीयालीमा दिप प्रज्वलन समेत गरिएको थियो ।