न्यूज टुडे
राजविराज, १५ जेठ ।
हुलाकी सडकखण्ड सडक खण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १२ स्थित अर्नाहा चौकमा सोमबार मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्युु भएको छ ।
दुर्घटनामा लालबाबु मण्डलको ३५ बर्षीय श्रीमती बबिता देवी मण्डलको मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको स १० प ४३०४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री मण्डलको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट टाउको पछाडिमा चोट लागेर गम्भिर घाईते भएका बबिताको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको लागि लगिएको तथा त्यहा उपचार हुन नसक्दा थप उपचारको लागि बिराटनगर न्युरो अस्पताल लगिएको थियो ।
विराटनगरमा उपचारको क्रममा आज बिहान उनको मुत्य भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मोटरसाइकल चालक सप्तरीकको बोदेबर्साईन नगरपालिका ५ भाटिन टोल बस्ने मो.अख्तर फरार रहेको तथा उनको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।